काठमाडौँ | महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ ।
नेपाल आएका भारतीय नागरिकलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न बैंक र मनकामनाबीच मंगलबार उक्त सहकार्य भएको हो । बैंकले फोन पेसँगको सहयोगमा उक्त सुविधा ल्याएको जनाएको छ । योसँगै भारतीय भुक्तानी सेवा प्रदायकका माध्यमबाट बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना मन्दिरको दर्शन शुल्क तिर्न सकिने बैंकले बताएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।