Advertisement

भरतपुर महानगरले भत्कायो खोला मिचेर बनाएको लायन्स क्लबको भवन

चितवन | भरतपुर महानगरपालिकाले भरतपुर र नारायणगढको बिचोबिच भएर बग्ने पुङ्गी खोला मिचेर बनेका संरचनाहरू भत्काउन सुरु गरेको छ ।
बुधबार बिहान नारायणगढ लायन्सचोकको लायन्स भवनमा महानगरले डोजर लगाएर यसको सुरुआत गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थितिमा डोजरले भवन भत्काउन सुरु गरिएको हो ।
भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट सुरु भएको पुङ्गीखोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै नारायणी नदीमा गएर मिसिन्छ । महानगरपालिका नापी अधिकृत विकास देवकोटाका अनुसार साढे ६ किलोमिटर पुङ्गी खोलाको नक्सा अनुसार नाँपजाच पूरा भएको छ । खोला कही तीन चार मिटर र कहीँ १०र१२ मिटर चौडा रहेको उनले बताए । यो भित्र बनेका संरचनाहरू भत्काउन सुरु भएको हो ।
पुङ्गी खोला सौन्दर्यात्मक करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयले ६ करोड ६५ लाख रुपैयाँको पूर्वाधारहरू निर्माण गर्दैछ । यसका लागि कार्यालयले साइट क्लियर गरिदिन आग्रह गरेको महानगरले जनाएको छ । त्यसका लागि मापदण्ड विपरीत बनेका संरचनाहरू भत्काउन लागेको महानगरले जनाएको छ ।
गत वर्षको चैत्र ७ मा पुङ्गी खोलाको डिजिटल नक्सा तयार गर्ने निर्णय भएको, प्राविधिक ९अमिन० टोलीले तयार गरेको फिल्ड प्रतिवेदन र नक्साको आधारमा गएको भदौ २८ गते मापदण्ड विपरीतका संरचनाहरू भत्काउने निर्णय भएको पनि महानगरले जनाएको छ । घर टहरा आफैं हटाउन महानगरले साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि मात्रै नहटेका संरचना हटाउन सुरु गरेको मेयर रेनु दाहालले बताइन् ।
लायन्स भवनको आफ्नो जग्गा जम्मा तीन धुर मात्रै भए पनि १८८ दशमलब ९४ वर्ग फिटमा बनेको भवनको नक्सापास भएको नदेखिएको हुँदा त्यो भाग खाली गराउन लागेको महानगरले जनाएको छ । लायन्सचोकदेखि खोलाको माथिल्लो क्षेत्रमा कच्ची र पक्की गरेर ४०र५० वटा घरहरू खोला सिमानाभित्र पर्ने महानगरका नापी अधिकृत विकास देवकोटाले जानकारी दिए ।
यस्ता भवनहरू कोही घरधनीले नै भत्काएको र नभत्काएकाहरू हटाउँदै जाने महानगरले जनाएको छ । वडा कार्यालयसमेत खोला सीमाभित्र बनेको भेटिएको छ । लायन्स भवनको स्वामित्व रहेको नारायणगढ लायन्स क्लबका अध्यक्ष राजु पियाले भवन हटाउन २, ३ र ४ नम्बर वडाका लागि सार्वजनिक सूचना निकालेको बताए । यो भवन वडा नम्बर १ मा पर्ने उनले बताए ।
तै पनि हामीले मेयरलाई भेटेर कुरा राखेका थियौं । उहाँले प्राविधिकहरूसँग बसेर छलफल गरौंला भन्नु भएको थियो । तर आज एक्कासी डोजर आएको छ,’ लायन्स क्लब नारायणगढका अध्यक्ष पियाले भने । चार तले सो भवनको भुइँतलामा खोलातर्फको कोठामा ‘प्रकाश अटो’ राखेका सुरेश सापकोटाले दसैंसम्म नभत्काएको भए आफूहरू आफैं हटेर जाने बताए । ‘३० वर्ष पसल राखेको ठाउँमा दसैंका बेला यस्तो गरियो,’ उनले भने ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज