खेलकुद

थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

Breaking News 2, खेलकुद
नेपाल कबड्डी लिग ९एनकेएल० खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन्। विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्र्याएको हो। तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन्। त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दैछन्। एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन्। विदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए। एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ। फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेक...
बागमतीविरुद्ध पुलिसको संघर्ष

बागमतीविरुद्ध पुलिसको संघर्ष

खेलकुद, ताजा अपडेट
बागमती युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार सम्पन्न खेलमा पुलिसले बागमतीलाई २–० ले हराएको हो। पुलिसको जितमा कप्तान नेरु थापा र पूजा रानाले गोल गरिन्। यसअघि पुलिसले वालिङ नगरपालिकालाई ५–० ले हराएको थियो भने विभागीय डर्बीमा पूजाको गोलले मान्यता नपाउँदा त्रिभुवन आर्मीसँग अंक बाँड्नुपरेको थियो। योसँगै पुलिसले साबिक विकेट एपिएफलाई एक अंकले उछिन्न सफल भएको छ। एक खेल कम खेलेको एपिएफको ६ अंक छ। पुलिसले भने तीन खेलबाट सात अंक बटुलेको छ। बागमतीको भने यो लगातार तेस्रो हार हो। यसअघि बागमती आर्मीसँग २–० र एपिएफसँग ५–१ ले पराजित भएको थियो। पुलिसलाई दोस्रो जित दिलाउन नेरुले खेलको नवौं मिनेटमै सुरुआती अग्रता दिलाएकी थिइन्। निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा...
साढे दुई महिनापछि महिला टोलीले पायो नगद पुरस्कार

साढे दुई महिनापछि महिला टोलीले पायो नगद पुरस्कार

Breaking News 1, खेलकुद, ताजा अपडेट
काठमाडौं। गत असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले करिब साढे दुई महिनापछि सरकारबाट नगद पुरस्कार पाएको छ। गत कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो। लगत्तै सरकारले नगद सम्मान गर्ने घोषणा गरेको थियो। तर, उक्त नगद सम्मान तिहारलगत्तै गरिने भनेता पनि करिब साढे दुई महिनापछि सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फा का अनुसार बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ प्रदान गरेका हुन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख, सहायक प्रशिक्षकद्वय भगवती थापा र विनोद डंगोललाई ६० हजार रुपैयाँसहित सम्मान गरिएको छ। टोली व्य...
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

Breaking News 2, खेलकुद, समाचार
काठमाडौँ( प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ । गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्र...
दुई दिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ ।

दुई दिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ ।

खेलकुद
दुईदिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा छैटौँ राष्ट्रिय तेक्वान्दो क्योरोगी रेफ्री सेमिनार, पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स तथा चौथो राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनार, तेस्रो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स २०२५ सम्पन्न भएको हो । बागमती प्रदेशस्तरीय तालिम पुस १९ र २० गते चितवन खैरहनी नगरपालिका वडा ११ मा सम्पन्न भएको हो । तालिममा १८ वर्ष उमेर पुगेका ब्ल्याकबेल्ट र दोस्रो डानभन्दा माथिका ३० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागीहरूलाई संघका महासचिव राकेशकुमार राईले प्रशिक्षण गराएका थिए । उनका अनुसार तालिमले तेक्वान्दोको पछिल्लो नियम र अवस्थाबारे खेलाडीलाई जानकारी हुनेछ । तालिममा संघका सल्लाहाकार मुकुन्द थापा, केन्द्रीय सदस्य राधामान तामाङलगायतको उपस्थिति थियो । संघले यसअघि पुस १२ र १३ गते कोशी प्र...
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै

खेलकुद
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै रहेको छ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा ललित राजवंशीले ७ विकेट पूरा गरेका छन् । विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मीबीचको खेलमा पुलिसका ललितले पाँच विकेट पूरा गरेका हुन् । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद र विवेक यादवको विकेट लिए ।ललितले हालसम्म ११ ओभरमा ३८ रन दिएर ५ विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २६औं ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ ।...
सबैभन्दा कम रन बनाउँदै जनकपुरले बेहोर्‍यो पहिलो हार

सबैभन्दा कम रन बनाउँदै जनकपुरले बेहोर्‍यो पहिलो हार

खेलकुद
ब्याटिङमा चल्न नसकेपनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० मा जनकपुर बोल्ड्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। बुधबार भएको लो स्कोरिङ खेलमा सुदूरपश्चिमले आफ्नो योगफल जोगाउँदै ७२ रनको जित निकालेको हो। जितसँगै जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक पुर्‍याएको छ। समान खेलबाट जनकपुरको पनि समान अंक रहेपनि नेट रनरेटमा सुदूरपश्चिम अगाडि छ। सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। तर, चितवन राइनोजसँग भने ३३ रनले पराजित हुन पुग्यो। जनकपुरले भने विराटनगर र कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो। पोखरा एभेन्जर्स सात विकेट र लुम्बिनीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याए...
चर्चित भारतीय ब्याटर र पाकिस्तानी बलर नेपाली भूमिका आमने–सामने, खेल रोचक हुने अपेक्षा

चर्चित भारतीय ब्याटर र पाकिस्तानी बलर नेपाली भूमिका आमने–सामने, खेल रोचक हुने अपेक्षा

खेलकुद, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरू हुनेछ । कर्णालीमा भारतका चर्चित ब्याटर शिखर धवन तथा चितवनमा पाकिस्तानका बलर सोहिल तानबिर छन् । धवन देब्रे हाते ब्याटर हुन् भने तानबिर देब्रे हाते बलर । यसर्थ आज यी दुईको भिडन्तले खेल रोचक हुने अपेक्षा गरिएको छ । किनकि धवन र तानबिर १६ वर्षपछि कुनै पनि फ्रेन्चाइज लिगमा आमने–सामने हँदैछन् । यो संयोग नेपाली भूमिका जुरेको छ । यी दुई टी–ट्वान्टी फ्रेन्चाइज लिगअन्तर्गत पछिल्लोपटक सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आमने–सामने भएका थिए । तानबिरले राजस्थान रोयल्सबाट खेल्दा धवन दिल्ली डियरडेभिल्समा आबद्ध थिए । सो वर्ष उपाधि तानबिर आबद्ध राजस्थानले जितेको थियो । जारी प्रतियोगि...
एनपिएलमा आज हुँदैछन् दुई खेल

एनपिएलमा आज हुँदैछन् दुई खेल

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका मा...
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन: ६७ लाख ३२ हजार

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन: ६७ लाख ३२ हजार

Breaking News 2, अर्थ, खेलकुद, ट्रेन्डिङ
काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू भएको छ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ । सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ। गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो। गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ। सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठुलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए। सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ। तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए। अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज