Advertisement

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन: ६७ लाख ३२ हजार

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू भएको छ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ । सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ। गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो। गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ। सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठुलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए।

सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ। तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए। अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान ३/३ प्रतियोगिता हुने भनिएको छ।

यसैगरी पोखरा र धरानमा एक/एक प्रतियोगिता क्यालेन्डरमा उल्लेख छ। गल्फ टुरको नियमित आयोजनाले प्रोफेसनल गल्फरहरूसँगै एमेच्योर गल्फरहरूलाई पनि सहयोग पुगेको ठम्याई महासचिव आचार्यको छ। उनका अनुसार यही टुरमा निरन्तर सहभागीताले एमेच्योर खेलाडीहरूबाट अन्तराष्ट्रिय स्तरमा नतिजा आउन सुरू गरेको छ। आठ मध्ये सात प्रतियोगिता स्ट्रोक प्ले फर्मयाटमा हुनेछ। भने म्याच प्लेको फर्मयाट फरक हुनेछ। जहँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन। नगद पुरस्कार राशीको आधारमा सबैभन्दा ठुलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ। जसको कुल पुरस्कार १६ लाख १९ हजार रहनेछ।

सूर्य नेपाल गल्फ टुर २०२४/२५ मा हुने प्रतियोगिताहरू (कमयालेन्डर)

१.सूर्य नेपाल सेन्ट्रल ओपन, गोकर्ण, ८ लाख ८२ हजार
२.सूर्य नेपाल काठमाडौं ओपन, आरएनजिसी ७ लाख ३५ हजार
३.सूर्य नेपाल इस्टर्न ओपन, धरान, ८ लाख ८२ हजार
४.सूर्य नेपाल वेस्टर्न ओपन,पोखरा, ८ लाख ८२ हजार
५.सूर्य नेपाल च्यालेन्ज, आरएनजिसी, ६ लाख

६.सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप, गोकर्ण, ८ लाख ८२ हजार ७.सूर्य नेपाल एनपिजिए म्याच प्ले, आरएनजिसी, २ लाख ५० हजार ८.सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, गोकर्ण, १६ लाख १९ हजार

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण गल्फ क्लबमा हुँदैछ। चार दिन सम्म चल्ने प्रतियोगितामा ३ ४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलपछि कट हुनेछ। प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन ।

यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन एमेच्योर खेलाडी सदभाव आचार्य हुन् । उनलाई कडा चुनौती दिने तयारीमा प्रोफेसनल गल्फरहरू भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, सञ्जय लामा, धन थापा र कुमार कामी रहेका छन् । गत सिजन पनि एमेच्योर खेलाडीको प्रभाव बढी थियो। त्यसैले प्रो गल्फर यो पटक पनि दबाबमा रहन सक्छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज