प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ( प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो ।
खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्त्वपूर्ण योगदान दिएकामा उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्त्वपूर्ण हुने बताए। उनले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज