Advertisement

सबैभन्दा कम रन बनाउँदै जनकपुरले बेहोर्‍यो पहिलो हार

ब्याटिङमा चल्न नसकेपनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० मा जनकपुर बोल्ड्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। बुधबार भएको लो स्कोरिङ खेलमा सुदूरपश्चिमले आफ्नो योगफल जोगाउँदै ७२ रनको जित निकालेको हो।
जितसँगै जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक पुर्‍याएको छ। समान खेलबाट जनकपुरको पनि समान अंक रहेपनि नेट रनरेटमा सुदूरपश्चिम अगाडि छ। सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। तर, चितवन राइनोजसँग भने ३३ रनले पराजित हुन पुग्यो।
जनकपुरले भने विराटनगर र कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो। पोखरा एभेन्जर्स सात विकेट र लुम्बिनीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमै समेटियो। यो एनपिएलमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम रन हो। यसअघि पोखराले चितवनविरुद्ध मात्रै ७४ रन बनाएको थियो।
जनकपुरका जोशुआ ट्रम्पबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। १३ बल खेलेका उनले एक चौका र एक छक्कासहित १३ रन प्रहार गरे।
सुदूरपश्चिमका हर्मीत सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए। सैफ जैब र नरेन साउदको नाममा एकरएक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
पहिलो पावर प्लेसम्म कुनै विकेट नगुमाई ४२ रन बनाएको सुदूरपश्चिमले सातौं ओभरको चौथो बलदेखि ब्याटिङमा संघर्ष गर्न थालेको हो। सुदूरपश्चिमले ओपनरद्वय साद बिन जाफरलाई २१ र विनोद भण्डारीलाई ३३ रनमा गुमाएको थियो। उनीहरूबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भयो।
त्यसपछि कुनै पनि ब्याटरले यति ठूलो साझेदारी गर्न सकेनन्। डेब्यु खेल खेलेका हर्मीत सिंह एक, ब्रान्डन म्याकमुलन ११, कप्तान दीपेन्द्रसिंह ऐरी शून्य, इशान पाण्डे १७, आसिफ शेख ६, स्कट कुग्गेलिजन सात र नरेन साउदले तीन रन बनाए।
नरेश बूढाऐर नौ र अविनाश बोहरा दुई रनमा अविजित रहे। सुदूरपश्चिमका लागि किशोर महतो सबैभन्दा घातक रहे। चार ओभर बलिङ गरेका उनले चार विकेट लिन २८ रन खर्चिए। जारी एनपिएलमा उनको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो।
यसअघि उनले विराटनगर किङ्सविरुद्ध १८ रन खर्चिँदै दुई विकेट लिएका थिए। यस्तै, शेर मल्ल र अरनिको यादवले समान दुई विकेट लिए। एक विकेट भने क्यानेडाली बलर हर्ष ठाकरको नाममा रह्यो।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज