दुईदिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा छैटौँ राष्ट्रिय तेक्वान्दो क्योरोगी रेफ्री सेमिनार, पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स तथा चौथो राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनार, तेस्रो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स २०२५ सम्पन्न भएको हो ।
बागमती प्रदेशस्तरीय तालिम पुस १९ र २० गते चितवन खैरहनी नगरपालिका वडा ११ मा सम्पन्न भएको हो । तालिममा १८ वर्ष उमेर पुगेका ब्ल्याकबेल्ट र दोस्रो डानभन्दा माथिका ३० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागीहरूलाई संघका महासचिव राकेशकुमार राईले प्रशिक्षण गराएका थिए ।
उनका अनुसार तालिमले तेक्वान्दोको पछिल्लो नियम र अवस्थाबारे खेलाडीलाई जानकारी हुनेछ । तालिममा संघका सल्लाहाकार मुकुन्द थापा, केन्द्रीय सदस्य राधामान तामाङलगायतको उपस्थिति थियो । संघले यसअघि पुस १२ र १३ गते कोशी प्रदेशस्थित विराटनगरमा तालिम सम्पन्न गरेको थियो भने केही दिनपछि लुम्बिनी प्रदेशमा पनि तालिम सञ्चालन गरिने महासचिव राईले बताए ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।