Advertisement

चर्चित भारतीय ब्याटर र पाकिस्तानी बलर नेपाली भूमिका आमने–सामने, खेल रोचक हुने अपेक्षा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरू हुनेछ ।

कर्णालीमा भारतका चर्चित ब्याटर शिखर धवन तथा चितवनमा पाकिस्तानका बलर सोहिल तानबिर छन् । धवन देब्रे हाते ब्याटर हुन् भने तानबिर देब्रे हाते बलर । यसर्थ आज यी दुईको भिडन्तले खेल रोचक हुने अपेक्षा गरिएको छ । किनकि धवन र तानबिर १६ वर्षपछि कुनै पनि फ्रेन्चाइज लिगमा आमने–सामने हँदैछन् । यो संयोग नेपाली भूमिका जुरेको छ ।

यी दुई टी–ट्वान्टी फ्रेन्चाइज लिगअन्तर्गत पछिल्लोपटक सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आमने–सामने भएका थिए । तानबिरले राजस्थान रोयल्सबाट खेल्दा धवन दिल्ली डियरडेभिल्समा आबद्ध थिए । सो वर्ष उपाधि तानबिर आबद्ध राजस्थानले जितेको थियो ।

जारी प्रतियोगितामा पहिलो खेलमा खासै नजमेका धवनले दोस्रो खेलमा भने उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले काठमान्डु गोेर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए ।

यता तानबिर पनि उच्च लयमा छन् । उनले काठमान्डुसँगको खेलमा पाँच तथा पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएका छन् । उनले प्रत्येक खेलमा कम्तीमा तीन विकेट लिएका छन् । धवन र तानबिरबीचको आमने–सामनेलाई भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्द्वीताको दृष्टिकोणले समेत हेरिएको छ ।

सुरुवाती दुई खेलमा हार ब्यहोरेको कर्णाली पहिलो जितको खोजीमा रहँदा चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले तथा दोस्रो खेलमा काठमान्डुसँग तीन विकेटले हारेको थियो ।

यता कुशल मल्लको कप्तानीमा रहेको चितवनले सुरुवाती दुवै खेल जितेको छ । पहिलो खेलमा काठमान्डुलाई पाँच विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको चितवन आज पनि यही नतिजा दोहोर्याउन चाहन्छ ।

आज नै हुने दोस्रो खेलमा जितविहीन लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो १ बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज