समाचार

उपाध्यक्षको रूपमा पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय कमिटी बैठकमा

उपाध्यक्षको रूपमा पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय कमिटी बैठकमा

राजनीति, समाचार
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्षको रूपमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। पेरिसडाँडामा आज आइतबारदेखि सुरु बैठकमा अध्यक्ष प्रचण्डसँगै देब्रेतर्फ पुनलाई राखिएको छ।दाहिनेतर्फ क्रमशः उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए। युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई माओवादीले पुनः सक्रिय राजनीतिमा फर्काउन लागेको हो।...
एमालेको केन्द्रीय कमिटी बैठक जारी

एमालेको केन्द्रीय कमिटी बैठक जारी

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दियो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।...
ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

Breaking News 1, समाचार
२१ पौष( खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका छ । उनका अनुसार, जिल्ला अस्पताल पर्वतमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति रेग्मीलाई पोखरा पठाइएको छ ।  ...
सुरु भयो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

सुरु भयो नेपाल–भारत संयुक्त सैन्य अभ्यास

Breaking News 1, समाचार
काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ । अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ । तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् ।...
अर्पण बचतको १५औं बार्षिक साधारण सभा

अर्पण बचतको १५औं बार्षिक साधारण सभा

बागमती, समाचार
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरुङ, तुलसीराम चपाईँ, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जा तर्फ ओमप्रसाद चालिसे र सुश्रीदीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अंक ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ शेयर सदस्य गुना कुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए । २०६७ सा...
‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं | नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति माघ ११ लाई तोकिएको छ । निर्माण पक्षले बिहीबार पोस्टर जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो । पहिला यस फिल्मको प्रदर्शन मिति कात्तिक ३० गते तोकिएको थियो । कात्तिक १५ बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को आक्रमक व्यापार गरिरहेकाले चेपुवामा पर्ने सक्ने अनुमानसहित निर्माण पक्षले निर्धारित मितिमा प्रदर्शन स्थगन गरेको थियो । निर्देशक दीपेन्द्र गौचनका अनुसार यस फिल्ममा ९० प्रतिशतभन्दा बढी स्क्रिन टाइमा नाजिर र सृष्टिकै छ । फिल्मा उनीहरुसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतको अभिनय रहेको छ । अमितेष शाह विशेष भूमिका छन् । दीपेन्द्र करिब तीन दशकपछि नयाँ फिल्म लिएर नेपाली दर्शकमाझ आउन लागेका हुन् । यो फ...
सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

मनोरञ्जन, समाचार
काठमाडौं | फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा भएको छ । निरोज महर्जनको निर्देशन गरेको यस फिल्मको छायाङ्न बुधबार ३५ दिनमा पूरा भएको निर्माण पक्षले बताएको छ । निर्माता रौनकविक्रम कँडेलकाअनुसार काठमाडौं, काभ्रेको पाँचखाल, बारा र चितवनमा यसको छायाङ्कन गरिएको छ । पहिलो श्रृङ्खलाकी नायिका यो पटक दोहोरिएकी छैनन् । उनको स्थानमा सुपुष्पा भट्टको प्रवेश भएको छ । नायक विनय र कामेश्वर चौरासियालाई फेरि प्रमुख भूमिकामा देख्न पाइने बताइको छ । यो श्रृङ्खलामा निर्देशक पनि फेरिएका छन् । पहिलो श्रृङ्खलाको निर्देशन प्रनव जोशीले गरेका थिए । यो पकट निर्देशनको जिम्मेवारीमा निरोज महर्जन छन् । सिनेमा आर्ट्र्रसको प्रस्तुति र वी मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रि...
क्यान्सर विशेषज्ञ डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित

क्यान्सर विशेषज्ञ डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित

समाचार, स्वास्थ्य
काठमाडौं | क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्। डा ज्ञवालीले भनेका छन्, 'म निकै खुशी र गर्वित छु,  मलाई उक्त प्रतिष्ठित सम्मान प्राप्त भएको छ। साथै नेपालबाट यो सम्मान पाउने पहिलो व्यक्ति रहेको बताइएको छ।' आफूलाई वर्तमान अवस्थासम्म पुर्‍याउने सवैप्रति कृतज्ञता व्यक्त गरेका छन्।...
वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, समाचार
वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र  सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब चार करोड राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।...
नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचनासहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ ।  नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।  खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तै भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज