पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्षको रूपमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्।
पेरिसडाँडामा आज आइतबारदेखि सुरु बैठकमा अध्यक्ष प्रचण्डसँगै देब्रेतर्फ पुनलाई राखिएको छ।दाहिनेतर्फ क्रमशः
उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्।
दुई कार्यकाल उपराष्ट्रपति भएका पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए। युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई माओवादीले पुनः सक्रिय राजनीतिमा फर्काउन लागेको हो।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।