काठमाडौं | फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा भएको छ । निरोज महर्जनको निर्देशन गरेको यस फिल्मको छायाङ्न बुधबार ३५ दिनमा पूरा भएको निर्माण पक्षले बताएको छ ।
निर्माता रौनकविक्रम कँडेलकाअनुसार काठमाडौं, काभ्रेको पाँचखाल, बारा र चितवनमा यसको छायाङ्कन गरिएको छ ।
पहिलो श्रृङ्खलाकी नायिका यो पटक दोहोरिएकी छैनन् । उनको स्थानमा सुपुष्पा भट्टको प्रवेश भएको छ । नायक विनय र कामेश्वर चौरासियालाई फेरि प्रमुख भूमिकामा देख्न पाइने बताइको छ ।
यो श्रृङ्खलामा निर्देशक पनि फेरिएका छन् । पहिलो श्रृङ्खलाको निर्देशन प्रनव जोशीले गरेका थिए । यो पकट निर्देशनको जिम्मेवारीमा निरोज महर्जन छन् । सिनेमा आर्ट्र्रसको प्रस्तुति र वी मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।