समाचार

प्रचण्डलाई ओलीको प्रश्न : टिकटक किन बन्द गरेको त ?

प्रचण्डलाई ओलीको प्रश्न : टिकटक किन बन्द गरेको त ?

Breaking News 2, ताजा अपडेट, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन चुनौतीको विषय बनेको बताएका छन् । शुक्रवार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको गति अघि बढाउन खोजेको भन्दै न्यायसम्मत कानुन र कानुन सम्मत शासन हुनुपर्ने भन्दै सुशासन चुनौती बनेको बताएका हुन् । ‘न्याय दिने अनुरूपका कानुन बनाउनुपर्दछ र कानुन बमोजिम सबैले चल्नुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘कानुनको राज र सुशासन देशमा हुनुपर्छ भनेर हामी मान्छौ ।’ उनले सुशासनबाट मात्र समृद्धिमा पुग्न सकिने र त्यो गम्भीर चुनौतिका रूपमा रहेको बताए । छिटो छरितो कानुन बनाउने काममा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘केही मान्छेहरूले हिजो आफैले कानुनको मस्यौदा गरेका हुन् । मसँगै बसेर मस्यौदा गरेका हुन् हिजो’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल विधेयकमा हल्ला र चर्का कुरा गरेर उफ्रने म...
संघीय निजामती सेवा विधेयकमा सहमति खोज्न उपसमिति गठन गरिएको सभापति खतिवडाले बताए।

संघीय निजामती सेवा विधेयकमा सहमति खोज्न उपसमिति गठन गरिएको सभापति खतिवडाले बताए।

Breaking News 1, ताजा अपडेट, समाचार
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन गरेको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न शुक्रबार बसेको बैठकमा विधेयकको दफाहरूमा सहमति जुट्न नसकेपछि उपसमिति गठन गरिएको हो। सांसद दिलेन्द्र बडूको संयोजकत्वमा गठित उपसमितिलाई विवादित विषयमा सहमति खोज्न एक महिनाको समय दिइएको छ। उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। उपसमितिलाई सहमति जुट्न नसकेका विषयमा सहमति जुटाइ प्रतिवेदन पेस गर्न भनिएको छ। एउटा दफामा पनि सहमतिमा जुट्न नसकेपछि समस्या देखिएकाले विधेयकलाई सहमतिमार्फत छिटो...
महाधिवेशनको तयारी सुरू भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने दावी : गगन थापा

महाधिवेशनको तयारी सुरू भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने दावी : गगन थापा

राजनीति, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी सुरू भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेका हुन्। अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई उनले आग्रह गरे। महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात गर्नुपर्ने धारणा राखे। पार्टी भित्रबाट सरकारको विरोध भइरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकारविरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए। महामन्त्री थापाले लोकतन्त्रको विकल्प खोज्नु भनेको नागर...
रत्ननगर ‘लिजा’ र ‘एफआरए’मा जिल्लामै पहिलो, कानुनको पालना गर्दाको परिणाम : मेयर सापकोटा

रत्ननगर ‘लिजा’ र ‘एफआरए’मा जिल्लामै पहिलो, कानुनको पालना गर्दाको परिणाम : मेयर सापकोटा

Breaking News 2, बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार लिजामा ९९ दशमलब २५ प्रतिशत र एफआरएमा ९५ दशमलब ५ प्रतिशत अङ्क प्राप्त गरी रत्ननगर जिल्लाका सात पालिकामध्ये पहिलो हुन सफल भएको हो । रत्ननगरले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामको लिजा र एफआरए दुवैमा सर्वाधिक अङ्क प्राप्त गरी जिल्लामै उत्कृष्ट बनेको हो । संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ का आधारमा सरकारले बर्सेनि स्थानीय तह, प्रदेश हुँदै संघीय मन्त्रालयमार्फत मूल्याङ्कन गर्दै आएको छ । लिजातर्फ १९ वटा सूचक र २०३ वटा उपसूचक, एफआरएतर्फ पाँचवटा सूचक र १६० वटा उपसूचक निर्धारण गरिएको छ । स्थानीय तहले लिजातर्फ शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षि...
पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

Breaking News 1, गण्डकी, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।...
रत्ननगरमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा

रत्ननगरमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा

शिक्षा, समाचार
रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरेका छन् । श्री आधारभूत विद्यालय बेल्सीको ५७औँ स्थापना दिवसको अवसरमा मन्तव्य राख्दै नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने गरी तयारी गरेको उनले बताए । उनले आगामी नगरसभामा निर्णय सार्वजनिक गरिने भन्दै नगर शिक्षा ऐनमा भएको वडाध्यक्ष स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान पनि सच्याउने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख सापकोटाले विद्यालय भर्ना, पाठ्यपुस्तक खरिद, परीक्षा शुल्क, खाजाको व्यवस्थालगायतका सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने गरी १२ कक्षासम्म निःशुल्क पढाइने घोषणा गरे । कार्यक्रममा सर्वोत्कृष्ट पूर्वविद्यार्थीबाट पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा विद्याल...
अध्यादेशको अड्को थापेर उपेन्द्र कतारतिर

अध्यादेशको अड्को थापेर उपेन्द्र कतारतिर

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ | सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा अड्को थापेकै कारण राष्ट्रियसभाबाट पारित हुन सकेको छैन। राष्ट्रियसभामा ४ सिट रहेको जसपा नेपालले पारित नगर्ने बताएसँगै कांग्रेस–एमाले अध्यादेशलाई निर्णयार्थ पेस गर्न पछि हटेका छन्। सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र नेतृत्वको जसपा नेपालको असन्तुष्टि छ। जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश संशोधन नगर्ने अरू ५ अध्यादेशमा पनि साथ नदिने चेतावनी दिएका छन्। कांग्रेस-एमाले भने अध्यादेशलाई लिएर अन्योलमा छन्। अध्यादेश संशोधनका लागि कार्यदल समेत बनेको छ। अध्यादेश पारित गर्न समयको सीमितता रहेकाले चाँडो पारित गर्नुपर्ने कानुनी बाध्यता छ। तर, सत्तामै रहेको जसपा नेपालले असन्तुष्टि पैदा गर्नुले झनै समस्या देखिएको छ। अध्यादेशको विवाद टुंगोमा नपुगी उपेन्द्र भने कतार लागेका छन्। नेपाली सम...
जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, १ जनाको मृत्यु, चालक गम्भीर घाइते

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेमा दुर्घटना, १ जनाको मृत्यु, चालक गम्भीर घाइते

काभ्रे, बागमती, समाचार
काभ्रे | जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका(१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। (रासस)...
बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

Breaking News 1, बागमती, समाचार
काठमाडौँ, ७ फागुन | बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुन ७ गतेको दिनलाई गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।” फागुन ७ को जगमा टेकेर आज ...
किरण केसी छोराका साथ चेसको प्रवर्धनमा

किरण केसी छोराका साथ चेसको प्रवर्धनमा

मनोरञ्जन, समाचार
काठमाडौँ । लोकप्रिय हास्य कलाकार तथा किरण केसी छोराका साथ चेस खेलको प्रवर्धनमा जुटेका छन्। यसै क्रममा केसीले आफ्ना जेठो छोरा सुदीप केसीको पहलमा हालै राजधानीको थापाथलीस्थित चेसपार्कमा फ्रेन्ड्ली चेस म्याच नामक मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरे। बौद्धिक खेल मानिने चेस प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागी थिए। किरणले चेस खेलाडीलाई हौसला दिन र चेस खेलेर पनि खान पुग्छ भन्ने हौसला दिनका लागि यो खेलको आयोजना गरिएको बताए। ‘कलाकार, संगीतकार, वाद्यवादकले परिवार पाल्न सक्छन्, तर चेस खेलेर पनि परिवार पाल्न सक्छन् भन्ने हिसाबले धनराशी सहित नया तरिकाले यो कार्यक्रम आयोजना गरिएको हो’ किरणले जानकारी गराए, “५ पटकसम्म नेसनल च्याम्पियन भएका, लेडिजमा पनि फस्ट भएका, बालिबालिकामा नेसनलच्याम्पियन भएकालाई खेलाइएको छ। किरणले आफ्नो छोरा सुदीप र छोराका साथी पारस अ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज