Advertisement

रत्ननगर ‘लिजा’ र ‘एफआरए’मा जिल्लामै पहिलो, कानुनको पालना गर्दाको परिणाम : मेयर सापकोटा

रत्ननगर । रत्ननगर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा जिल्लामै प्रथम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार लिजामा ९९ दशमलब २५ प्रतिशत र एफआरएमा ९५ दशमलब ५ प्रतिशत अङ्क प्राप्त गरी रत्ननगर जिल्लाका सात पालिकामध्ये पहिलो हुन सफल भएको हो । रत्ननगरले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामको लिजा र एफआरए दुवैमा सर्वाधिक अङ्क प्राप्त गरी जिल्लामै उत्कृष्ट बनेको हो ।

संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ का आधारमा सरकारले बर्सेनि स्थानीय तह, प्रदेश हुँदै संघीय मन्त्रालयमार्फत मूल्याङ्कन गर्दै आएको छ । लिजातर्फ १९ वटा सूचक र २०३ वटा उपसूचक, एफआरएतर्फ पाँचवटा सूचक र १६० वटा उपसूचक निर्धारण गरिएको छ । स्थानीय तहले लिजातर्फ शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सहकार्य र समन्वयलाई आधार बनाएर अङ्क निर्धारण गर्ने गरेको छ । रत्ननगर नगरपालिकाले उल्लेखित १० वटै शीर्षकमा उत्कृष्ट अङ्क हासिल गर्न सफल भएको छ ।

त्यसैगरी एफआरएतर्फ योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलार्इं आधार बनाएर नगरपालिकाले गरेका कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क दिने प्रावधान रहेको छ । निर्धारित पाँचवटा शीर्षकमध्ये चारवटा शीर्षकमा रत्ननगर नगरपालिकाले शतप्रतिशत अङ्क पाप्त गर्न सफल भएको छ ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले संघीय सरकारले कानुन र स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा बसेर काम गरेकै कारण लिजा र एफआरएमा उत्कृष्ट हुन सफल भएको बताए । ‘काम गरेअनुसारको नतिजा आएको छ’, उनले भने, ‘यो नतिजाले हामीलाई नगर विकास र नगरवासीको हितमा काम गर्ने हौसला प्रदान गरेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यप्रगतिका आधारमा मन्त्रालयले गरेको लिजा र एफआरएमा जिल्लामै उत्कृष्ट नगरपालिकाको रुपमा चित्रण हुँदा खुसीसँगसँगै काम गर्ने हौसला थपिएको बताए । ‘नगर विकासका लागि मसिनो तरिकाले काम गरेका थियौँ’, उनले भने, ‘नतिजा सोहीअनुसार आएको छ, यो नतिजा नगर र नगरवासीका लागि सकारात्मक छ ।’ उनले उत्कृष्ट नतिजा ल्याउन प्रयत्न गर्ने जनप्रतिनिधि, कर्मचारीहरुप्रति आभार प्रकट गर्दै नगरवासीहरुसँग खुसी साटेका छन् ।

रत्ननगरमा लिजाको स्रोत व्यक्तिको रुपमा प्रशासन शाखा प्रमुख सविता अर्याल, एफआरएको स्रोत व्यक्ति लेखा अधिकृत कृष्णप्रसाद सुवेदी रहेका छन् भने डकुमेन्टेसन, फाइल अपलोड तथा प्राविधिक व्यवस्थापनमा सूचना प्रविधि अधिकृत सुजन अर्यालले भूमिका खेलेका थिए ।

लिजा र एफआरएमा रत्ननगर पहिलो हुँदा खैरहनी नगरपालिका दोस्रो भएको छ । खैरहनीले लिजामा ९९ प्रतिशत अङ्क र एफआरएमा ९४ प्रतिशत अङ्क प्राप्त गरी दोसो भएको छ । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना तेस्रो भएको छ । उसले लिजामा ९६ प्रतिशत र एफआरएमा ९१ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

भरतपुर महानगरपालिकाले लिजामा ८९ दशमलब ५ प्रतिशत र एफआरएमा ८३ दशमलब ५ प्रतिशत अङ्क, कालिका नगरपालिकाले लिजामा ९५ प्रतिशत र एफआरएमा ७२ प्रतिशत अङ्क, माडी नगरपालिकाले लिजामा ८० दशमलब ७५ प्रतिशत र एफआरएमा ८० प्रतिशत, राप्ती नगरपालिकाले लिजामा ७६ दशमलब ७५ प्रतिशत र एफआरएमा ४५ प्रतिशत अङ्क ल्याएका छन् ।

स्थानीय तहलाई सेवाग्राहीमैत्री, जनउत्तरदायी, वित्तीय पारदर्शिता तथा सामाजिक सुशासनमा अब्बल राख्दै समावेशी र परिष्कृत बनाउने उद्देश्यले सरकारले वार्षिकरुपमा स्वमूल्याङ्कन गर्दै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज