Advertisement

प्रचण्डलाई ओलीको प्रश्न : टिकटक किन बन्द गरेको त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन चुनौतीको विषय बनेको बताएका छन् । शुक्रवार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको गति अघि बढाउन खोजेको भन्दै न्यायसम्मत कानुन र कानुन सम्मत शासन हुनुपर्ने भन्दै सुशासन चुनौती बनेको बताएका हुन् ।

‘न्याय दिने अनुरूपका कानुन बनाउनुपर्दछ र कानुन बमोजिम सबैले चल्नुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘कानुनको राज र सुशासन देशमा हुनुपर्छ भनेर हामी मान्छौ ।’ उनले सुशासनबाट मात्र समृद्धिमा पुग्न सकिने र त्यो गम्भीर चुनौतिका रूपमा रहेको बताए । छिटो छरितो कानुन बनाउने काममा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘केही मान्छेहरूले हिजो आफैले कानुनको मस्यौदा गरेका हुन् । मसँगै बसेर मस्यौदा गरेका हुन् हिजो’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल विधेयकमा हल्ला र चर्का कुरा गरेर उफ्रने माओवादी लगायतका पार्टीहरूले हिजो टिकटकमा प्रतिबन्ध नै लगाएको बताए ।

‘अहिले तिनै हिमायती निस्केका छन् फेरि । जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिवेला रु’

उनले जे पनि बोल्ने नभई ठिक कुरा बोल्नुपर्ने भन्दै देशको शान्ति सुरक्षा खलबल्याउने, चिन्दै नचिनेको ठाउँमा मानिस भड्काउने र जथाभावी बोल्ने प्रवृत्ति रहेको बताए । सामाजिक सञ्जाल विधेयकमार्फत बोल्न पाउने अधिकार नमिचिने कानुन बनाउने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफूले स्विजरल्याण्डको बैंकमा पैसा राखेको भनेर अफवाह फैलाएको भन्दै आफूलाई त्यत्रो पैसा नचाहिने बताए । ‘एउटा रोटी र तरकारी खान्छु, मेरो किचेन र बेडरुम खुला हुन्छ, मानिसहरू गइरहेका हुन्छन्, लुकाएको केही छैन’ प्रधानमन्त्रीले भने जेसुकै बोल्ने, अपमान र अफवाह फैलाउने हाम्रो सभ्यता त्यो होइन । त्यो सभ्यता भत्काउनु हुँदैन ।’

उनले ‘तिमी’ भनेर गर्ने गरेको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै मर्यादित भाषा प्रयोग गर्नुपर्ने बताए । ‘बाउलाई बोलाउँदा ‘ओ ड्याड कम ह्यर’ जस्तो होइन हाम्रो भाषा । बुबाज्यु यता आउनुहुन्छ कि भन्नुपर्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज