Advertisement

Day: २८ भाद्र २०८२, शनिबार

‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार
काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत कारागार फर्किने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका उनले आज जन्मदिनको उपहार स्वरुप पुनः कारागारमा जाने तयारीमा रहेको बताए। उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप समेत लगाए। साथै लामिछानेले नयाँ सरकारलाई २०४६ सालपछिका नीतिगत निर्णय र उच्च पदस्थको सम्पत्तिको छानबिन गर्ने, देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति रद्द गर्न, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रिया खोल्न र विश्वविद्यालय तथा राजदूतहरूको नियुक्तिमा मेरिटोक्रेसी लागू गर्न आग्रह समेत गरेका छन्।  लामिछानेले जेनजी आन्दोलनका क्रममा बालबालिका मारिएको र सरकारी संरचनाहरूमा आगो लागेको घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन्। “बच्चाको टाउकोमा गोली हानेर मार्ने, सरकारी संरचनामा आगो ल...
पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास

पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास

अर्थ, समाचार
काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अंग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो संख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तर्राष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो । आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक ख...
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

कर्णाली, खेलकुद, समाचार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।...
राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

राजविराजमा फोहोर व्यवस्थापन ठप्प, दुर्गन्धित बन्दै नगरक्षेत्र

मधेस प्रदेश, समाचार, स्वास्थ्य
विनय कर्ण, कल्याणपुर (सप्तरी)।सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा आगजनी हुँदा नगरपालिकाको कार्यालयदेखि सवारी साधनसम्म जलेर नष्ट भएपछि फोहोर सङ्कलन रोक्किँदा यस्तो समस्या उत्पन्न भएको हो । प्रदर्शनकारीले गरेको आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनमा रहेका कागजात, फर्निचर र महत्त्वपूर्ण सामानसँगै फोहोर सङ्कलनका लागि प्रयोग हुँदै आएका चार वटा ट्याक्टर र तीन वटा टिपर पनि जलेर नष्ट भएपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको हो । आगजनीपछि नगरपालिकाको कार्यालय खुल्ने अवस्थामा नरहे पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने राजविराज वडा नम्बर ७ का सागर साह बताउनुहुन्छ । फोहोर उठाउने सवारी साधन नष्ट भएपछि राजविराज बजार सहितका बस्तीहरूमा पाँच दिनदेखि फोहोर थुप्रिँदै गएक...
धमाधम रोकियो चलचित्र प्रदर्शन

धमाधम रोकियो चलचित्र प्रदर्शन

मनोरञ्जन, समाचार
काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको कारण गत साता ‘अभिमन्यु’ को प्रदर्शन स्थगित भएको छ । यसै गरी संविधान दिवसका अवसरमा असोज ३ गते प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन पनि रोकिएको छ । मुलुकको वर्तमान स्थितिलाई ध्यानमा राखी पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माता रामबाबु गुरुङले बताउनुभयो । दैनिक जीवन पुनः लयमा फर्किन थालेको खण्डमा चलचित्रको नयाँ मिति घोषणा गरिने उहाँको भनाइ थियो ।...
जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

जेनजी प्रदर्शनमा भाइरल ‘बन्दै छ नेपाल’ गीत युट्युबबाट हट्यो, के भन्छन् र्‍यापर मिस्टर डी ?

ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ । चर्चित र्‍यापर सन्दीप बिस्ट (मिस्टर डी) को सात वर्ष पुरानो व्यङ्ग्यात्मक गीत ‘बन्दै छ नेपाल’ युट्युबबाट हटाइएको छ । युट्युबले ‘हिंसात्मक वा भयावह सामग्री’ समावेश भएको कारण देखाउँदै भिडिओ हटाएको हो । हालै नेपालमा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा यो गीत सामाजिक सञ्जालमा पुनः चर्चित बनेको थियो । प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी जस्ता घटनाका दृश्यमा यो गीत प्रयोग गरी टिकटक र फेसबुकमा भिडिओहरू भाइरल भएका थिए । गीत हटेपछि र्‍यापर मिस्टर डीले सामाजिक सञ्जालमार्फत अब उक्त भिडिओ फिर्ता ल्याउने वा पुनः अपलोड गर्ने मनस्थितिमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “धेरै अगाडिको यो मेरो गीत अस्ति मात्र युट्युबबाट हटेको थ्यो र अब म यसलाई फिर्ता ल्याउने र फेरि अपलोड गर्ने मानसिकतामा नि छैन । सरी गाइज ।” ‘बन्दै छ नेपाल’ गीतले नेपाली राजनीतिको विकृति, नेताहरूले चुनावअघि जनताल...
रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

रत्ननगर विवरण संकलन र कार्यालय सञ्चालनको तयारीमा जुट्ने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, राजनीतिक, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । शनिबार बसेको १७२औं कार्यपालिका बैठकले तोडफोड र आगजनीको घटनप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना तथा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । नगरपालिका र वडा कार्यालयमा आगजनीबाट भएको क्षतिको विबरण संकलन गर्ने र सकेसम्म छिट्टै कार्यालय सञ्चालन गर्ने गरी उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय सरसफाई गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रकास खनालले जानकारी दिए । कार्यपालिका बैठकमा जेन्जी आन्दोलनमा सहभागी भएर...
रत्ननगरका मेयर प्रलाद सापकोटाले सम्पूर्ण तलब भत्ता रत्ननगरकै पुनर्निमाणमा योगदान गर्ने

रत्ननगरका मेयर प्रलाद सापकोटाले सम्पूर्ण तलब भत्ता रत्ननगरकै पुनर्निमाणमा योगदान गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, राजनीतिक, समाचार
रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बाँकी रहेको कार्याकालको मासिक सेवा सुबिधा वापतको रकम पुनर्निमाणमा योगदान गर्ने घोषणा गरेका छन् । शनिबार सम्पन्न १७२औं कार्यपालिका बैठकमा बोल्दै उनले मेयरको हैसियतमा आफुले पाउने तलब र भत्ता वापतको रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरको विकास र नगरबासीको हितमा काम गर्ने आफ्नो इच्छाशक्तिबाट आफु विचल्लित नरहेको भन्दै उनले नयाँ उर्जा र हिम्मतका साथ नगरको चौतर्फी विकासमा क्रियाशिल रहने बताए । उनले स्थानीय सरकारलाई पुरानै अबस्थामा फर्काउने गरी काममा जुट्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् । जेन्जी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा तोडफोड र आगजनी भएपछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गरेको छ । आगजनीबाट भएको क्षतिको विबरण संकलन र सेवा सञ्चालनको लागि आवश्यक तयारीमा जुट्ने निर्णय ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज