Advertisement

Day: २३ कार्तिक २०८१, शुक्रबार

पोखरा आइपुगे चिनियाँ खेलाडी

पोखरा आइपुगे चिनियाँ खेलाडी

खेलकुद
पोखरा | पर्यटकीय राजधानी पोखरामा शनिबार हुने चिनियाँ खेलाडी र नेपाली खेलाडीबीचको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसक्रन्ट्रीमा सहभागी हुन एक सय ३४ जनाको चिनियाँ टोली बिहीबार चार्टर्ड प्लेनमा चीनको कुनमिङबाट पोखरा आइपुगेको छ। टोलीमा ६४ जना धावक र अफिसियल गरी एक सय ३४ जना छन्। उनीहरू सिचुवान एयरलाइन्सको चार्टर्ड विमानमा पोखरा आएका हुन्। रन फर कमन प्रोसप्रेरिटी भन्ने नाराका साथ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री आयोजना हुन लागेको हो। पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्‍याउने र नेपाल–चीन सम्बन्धलाई थप सृदृढ बनाउने उद्देश्यले प्रतियोगिता अयोजना गरिएको मिडिया संयोजक प्रतिक राजपहारीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत ५० किलोमिटर दुरीको टिम समूह दौड (ट्रेल रनिङ, साइकलिङ र रोइङ) मा १७ नेपाली र चार चिनियाँ गरी २१ टिम छन्। यसैगरी च्य...
बक्सअफिसमा ‘१२ गाउँ’ ले बनायो नयाँ रेकर्ड, एक महिनामै कमायो साढे २५ करोड

बक्सअफिसमा ‘१२ गाउँ’ ले बनायो नयाँ रेकर्ड, एक महिनामै कमायो साढे २५ करोड

मनोरञ्जन
काठमाडौं । एक्सन स्टारको उपमा पाएका नायक विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो। यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरेको निर्माण टिमले जनाएको छ । जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’को लाइफटाइम कलेक्सनभन्दा बढी हो। यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको जनाएको थियो। एक्सन प्रधान यो फिल्म विराजका छोरा समीर भट्टको डेब्यु फिल्म हो। एक्सन हिरोका रूपमा उदाएको भन्दै समीरले तारिफ बटुलिरहेका छन्। समिरले १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्। फूलपातीको अवसरमा असोज २४ गते ‘१२ गाउँ’ सहित ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ रिलिज भएका थिए। ...
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाण्डौ  |  तिहारको लक्ष्मी पूजादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालभरका हलमा तीन सय ८० भन्दा धेरै ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले हिजो काठमाण्डौ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको जानकारी दिए । उनले अहिलेसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै आठ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बताए । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपान...
शाहरुख खानलाई ज्यान मार्ने धम्की

शाहरुख खानलाई ज्यान मार्ने धम्की

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
एजेन्सी | शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ५ मा उनलाई ज्यान मार्ने धम्की आएको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धम्की दिने व्यक्तिले छत्तीसगढको रायपुरबाट मुम्बईको बान्द्रा पुलिस स्टेशनमा फोन गर्दै ५० लाख फिरौती समेत मागेका थिए। धम्कीपछि शाहरुखको घर ‘मन्नत’मा सुरक्षा बढाइएको छ। रायपुर प्रहरीले धम्कीपूर्ण कल मोहम्मद फैजान खानको फोनबाट आएको जनाएको छ। पेशाले वकिल रहेका फैजानले नोभेम्बर २ मा फोन चोरी भएको उजुरी दिएका थिए। यसअघि ५ नोभेम्बरमा सलमान खानलाई पनि धम्की आएको थियो। मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए आफ्नो ज्यान लिने धम्की दिइएको थियो।...
हास्य अभिनेता दमन रुपाखेतीलाई मातृशोक

हास्य अभिनेता दमन रुपाखेतीलाई मातृशोक

मनोरञ्जन
काठमाडौं | लोकप्रिय हास्य अभिनेता तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ । रुपाखेतीकी ममतामयी माता ज्ञानुमाया रुपाखेतीको बिहीवार दिउँसो उपचारकै क्रममा क्रममा पाटन अस्पतालमा निधन भएको हो । ८३ वर्षीया ज्ञानुमायाका चार जना छोराहरु छन् । दमन रुपाखेती उनका साइँला छोरा हुन् । ज्ञानुमायाकी छोरीको निधन भइसकेको छ भने उनले दुई वर्ष अघिमात्र श्रीमानलाई गुमाएकी थिइन् । बिहीवार उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । कलाकार रुपाखेती तथा सम्पूर्ण परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।...
फिल्म ‘ह्रस्व–दीर्घ’का लागि उत्साहित गरिमा

फिल्म ‘ह्रस्व–दीर्घ’का लागि उत्साहित गरिमा

मनोरञ्जन
काठमाडौँ । अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व–दीर्घ’ अहिले चर्चामा छ । भारतीय र नेपाली कलाकारले भरिएको फिल्म आगामी ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर अभिनेत्री गरिमा शर्मा निकै उत्साहित छन् । ‘लण्डन टु पेरिस’ बाट अभिनयमा डेब्यु गरेकी शर्माको यो दोस्रो फिल्म हो । पहिलो फिल्मबाट सफलता हात पार्न नसकेकी उनले यो फिल्मबाट सफलता मिल्ने आस गरेकी छन् । म्युजिक भिडियाको चर्चापछि फिल्म अभिनयमा होमिएकी उनी ‘ह्रस्व–दीर्घ’ की मुख्य कलाकार हुन् । फिल्म प्रदर्शनपछि दर्शकले आफ्नो अभिनयको प्रशंसा गर्ने उनी बताउँछिन् । ‘ह्रस्व–दीर्घ’ ले मेरो अभिनय करियरलाई नयाँ उचाइ प्रदान गर्नेछ,’ शर्माले भनिन् ‘अब मेरो फिल्मी करियरले पनि रफ्तार लिन्छ ।’ बाग्लुङको बेनीमा जन्मिएर चितवनमा हुर्किएकी गरिमा सानैदेखि अभिनयतिर रुचि राख्थिन् । त्यसैले उनी स्कुल कलेजमा नाटक अभिनय गर्थिन् । ‘म...
यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार अधिकारी, राई र रसाइलीलाई

यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार अधिकारी, राई र रसाइलीलाई

मनोरञ्जन
काठमाडौँ | गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका) लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ । गायक एवं सङ्गीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मङ्गलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई रु ५१ हजार नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो । त्यस अवसरमा गीतसङ्गीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उनिप्रति सम्मान प्रकट गरेका थिए । समितिका अध्यक्ष शीला लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र अमेरिकाका साहित्य साधकहरूको उपस्थिति थियो ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ |  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान स...
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व

Breaking News 1, धर्म संस्कृति
धनुषा | उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठको बिदाइ गरिएको हो। पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भिड लागेको थियो। बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए। त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए। खर्नाका दिन दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए। राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाएका थिए। त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार ...
मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

कोशी प्रदेश, ट्रेन्डिङ, समाचार
खोटाङ | सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो । “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज