पोखरा आइपुगे चिनियाँ खेलाडी

पोखरा | पर्यटकीय राजधानी पोखरामा शनिबार हुने चिनियाँ खेलाडी र नेपाली खेलाडीबीचको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसक्रन्ट्रीमा सहभागी हुन एक सय ३४ जनाको चिनियाँ टोली बिहीबार चार्टर्ड प्लेनमा चीनको कुनमिङबाट पोखरा आइपुगेको छ। टोलीमा ६४ जना धावक र अफिसियल गरी एक सय ३४ जना छन्। उनीहरू सिचुवान एयरलाइन्सको चार्टर्ड विमानमा पोखरा आएका हुन्।

रन फर कमन प्रोसप्रेरिटी भन्ने नाराका साथ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री आयोजना हुन लागेको हो। पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्‍याउने र नेपाल–चीन सम्बन्धलाई थप सृदृढ बनाउने उद्देश्यले प्रतियोगिता अयोजना गरिएको मिडिया संयोजक प्रतिक राजपहारीले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत ५० किलोमिटर दुरीको टिम समूह दौड (ट्रेल रनिङ, साइकलिङ र रोइङ) मा १७ नेपाली र चार चिनियाँ गरी २१ टिम छन्। यसैगरी च्यालेन्ज इडिभिजुअल दौड ५० किलोमिटरमा एक सय नेपाली र ५२ चिनियाँ खेलाडी सहभागी रहने पहारीले बताए। विद्याथी दौड र ह्याप्पी रन दौडसमेत गरी १२ सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ।

५० किलोमिटर दौडमा रनिङ, साइक्लिङ र बोटिङ हुनेछ। तीन जना सहभागी हुने प्रतिस्पर्धामा कम्तीमा एक जना महिला अनिर्वाय हुनु पर्नेछ।  फेवाताल किनारबाट सुरु हुने दौड छोरेपाटनबाट फुस्रे खोलासम्म पुग्नेछ। त्यसपछि रामदी, फेदीखोला हुँदै कुबिन्डेसम्म साइक्लिन र त्यसपछि दौडेर शान्ति स्तुप हुँदै फेवाताल पुगेर डुंगा दौड्याउँदै बाराही घाट पुग्नु पर्नेछ।

शीर्ष पाँच टोलीले नगद पुरस्कार पाउने छन्। पहिलो हुनेले चार लाख ५८ हजार चार सय रुपैयाँ पाउने छन्। दोस्रोले तीन लाख ४३ हजार आठ सय र तेस्रो हुनेले दुई लाख २९ हजार दुई सय रुपैयाँ पाउने छन्। चौथोले एक लाख ५२ हजार आठ सय रुपैयाँ र पाँचौं हुनेले ९५ हजार पाँच सय रुपैयाँ पाउने छन्।

इन्डिभिजुअलतर्फका विजेताले एक लाख ५२ हजार आठ सय, दोस्रोेले एक लाख १४ हजार ६ सय र तेस्रो हुनेले ७६ हजार चार सय रुपैयाँ पाउने छन्। प्रतियोगिता सञ्चालन गर्न कुल ६ करोड रुपैया ँलाग्ने आयोजक संस्था हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए। यसमध्ये एक करोड रुपैयाँ स्थानीय आयोजक र बाँकी चिनियाँ पक्षले बेहोर्ने अध्यक्ष पालिखेले जनकारी दिए।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज