एजेन्सी | शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ५ मा उनलाई ज्यान मार्ने धम्की आएको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धम्की दिने व्यक्तिले छत्तीसगढको रायपुरबाट मुम्बईको बान्द्रा पुलिस स्टेशनमा फोन गर्दै ५० लाख फिरौती समेत मागेका थिए। धम्कीपछि शाहरुखको घर ‘मन्नत’मा सुरक्षा बढाइएको छ।
रायपुर प्रहरीले धम्कीपूर्ण कल मोहम्मद फैजान खानको फोनबाट आएको जनाएको छ। पेशाले वकिल रहेका फैजानले नोभेम्बर २ मा फोन चोरी भएको उजुरी दिएका थिए।
यसअघि ५ नोभेम्बरमा सलमान खानलाई पनि धम्की आएको थियो।
मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए आफ्नो ज्यान लिने धम्की दिइएको थियो।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।