फिल्म ‘ह्रस्व–दीर्घ’का लागि उत्साहित गरिमा

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व–दीर्घ’ अहिले चर्चामा छ । भारतीय र नेपाली कलाकारले भरिएको फिल्म आगामी ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्मलाई लिएर अभिनेत्री गरिमा शर्मा निकै उत्साहित छन् । ‘लण्डन टु पेरिस’ बाट अभिनयमा डेब्यु गरेकी शर्माको यो दोस्रो फिल्म हो । पहिलो फिल्मबाट सफलता हात पार्न नसकेकी उनले यो फिल्मबाट सफलता मिल्ने आस गरेकी छन् ।

म्युजिक भिडियाको चर्चापछि फिल्म अभिनयमा होमिएकी उनी ‘ह्रस्व–दीर्घ’ की मुख्य कलाकार हुन् । फिल्म प्रदर्शनपछि दर्शकले आफ्नो अभिनयको प्रशंसा गर्ने उनी बताउँछिन् ।

‘ह्रस्व–दीर्घ’ ले मेरो अभिनय करियरलाई नयाँ उचाइ प्रदान गर्नेछ,’ शर्माले भनिन् ‘अब मेरो फिल्मी करियरले पनि रफ्तार लिन्छ ।’ बाग्लुङको बेनीमा जन्मिएर चितवनमा हुर्किएकी गरिमा सानैदेखि अभिनयतिर रुचि राख्थिन् ।

त्यसैले उनी स्कुल कलेजमा नाटक अभिनय गर्थिन् । ‘मिस एसएलसी नेपाल’मा भाग लिएर ‘मिस पर्सनालिटी’ को उपाधि जितेपछि उनले मोडलिङ तथा अभिनय क्षेत्रमा करियर बनाउने निर्णय थिइन् ।

अभिनयको करियर म्युजिक भिडियोबाट रोजेकी उनलाई ‘नबोली–नबोली’ गीतको म्युजिक भिडियोले दर्शकमाझ परिचित गराएको थियो ।

‘ह्रस्व–दीर्घ’ चन्द्र पन्तले निर्देशन गरेका हुन् । निर्माणमा नीतासँग अभिनेता हरिहर अधिकारीले सहकार्य गरेको फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, ‘पुष्पा’ भिलेन सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतको अभिनय छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज