दाइसँगै तिहार मनाउने पूरा नभएको त्यो वाचा
जापान | माला, टोपी, सेलरोटी, घरमाथि चौरमा घुम्ते पिङ खेलेको यी बाल्यकालका सम्झनाहरु यतिबेला ताजा भएर आएका छन्। दाइहरुले बनाएको पिङ पहिलो पटक खेल्दाको क्षण निकै आनन्दको थियो।
गाई गोरूलाई तिहारमा लगाइदिने सेतो छाप अनि तोरणको पनि सम्झना हुन्छ। हुन त तिहारको तयारी महिनौं अघि फूलहरु रोप्दैदेखि भइसकेको हुन्छ। तिहार कहिले हरेक वर्ष महिना, बार, गते फरक हुन्थ्यो। चाडहरू कहिले आउँछ भन्ने खुल्दुली त हुन्थ्यो नै। मलाई तिहार मनपर्ने भएर होला दसैँ कहिले हो थाहा पाएपछि २२ दिनमा तिहार आउँछ भनेर औला गनेर जानकारी राखेको अझै सम्झना छ।
दसैँमा लामो बिदा लामो हुने भए पनि मलाई भने रमणीय ५ दिनको तिहार नै मज्जा लाग्थ्यो। काग तिहारमा कागलाई खाना खुवाएर पुजा गर्ने, कुकुरलाई टीका माला लगाएर खाना खुवाउने। काग, गाई, गोरूभन्दा हामी मान्छेसँग कुकुर नजिक भएको जस्तो पनि भान हुन्थ्यो। कुकुरलाई खानेकुरा दिएपछि खुसी हुँ...


















