काठमाडौँ । नेपालले इंग्ल्यान्डमाथि शानदार जित हात पारेको छ। हङकङमा जारी २० औं हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।
पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको नेपालले तीन पटकको उपाधि विजेता इंग्ल्याण्डलाई हराएको हो।
९८ रनको लक्ष्य पाएको नेपालले बिना विकेटको क्षति जित हात हासिल गरेको हो। नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्यो ।
नेपालका कप्तान सन्दिप जोरा ५० रन बनाएर रिडायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बमले अविजित २० रन बनाए ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियासँग खेल्ने छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।