कर्णालीमा इन्धनबाट चल्ने गाडीसँग प्रतिस्पर्धा गर्दै विद्युतीय गाडी

कर्णाली | कर्णालीमा पछिल्लो समय सार्वजनिक यातायातका रुपमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।  पेट्रोलियम पदार्थबाट चल्ने सवारीको चाप हुने कर्णालीका सडकमा अहिले विद्युतिय सवारीले अड्डा जमाउन थालेको छन् । कर्णालीका प्रायः जिल्लाहरूमा पुग्ने पेट्रोलियम पदार्थबाट चल्ने सवारीको सामाज्यलाई अहिले भने विजुलीबाट चल्ने सवारीले कडा टक्कर दिइरहेका छन् । विद्युती सवारीहरू अचेल कर्णालीका पहाडी जिल्लाहरूमा दैनिक पुगिरहेका छन् ।

प्रायः निजी प्रयोजनका लागि प्रयोग गरिँदै आएका विद्युतीय सवारीहरू पछिल्ला वर्षमा सार्वजनिक यातायातमा भित्रिने संख्या बढ्दो छ । कर्णाली प्रवेश गर्ने मुख्य स्थलमार्ग नेपालगञ्ज–सुर्खेत रुटमा दैनिक छिटपुट सञ्चालन हुने विद्युतीय सवारीहरू अहिले सुर्खेतबाट पहाडी जिल्ला दैलेख, जाजरकोट सदरमुकाम तथा रुकुम पश्चिममासमेत सञ्चालन आउन थालेका छन् ।

११ देखि १७ सिट क्षमताका साना सवारीहरू नियमित रुपमा पहाडी भेगमा सञ्चालन भइरहेको यातायात व्यवसायी बताउँछन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मात्रै सार्वजनिक सवारीका रुपमा प्रयोग गरिने विद्युतीय सवारीको संख्या ५० बढी छ । नेपालगञ्जबाट मात्र दैनिक ३० बढी सवारी वीरेन्द्रनगर आएर फर्किने गरेका छन् । कालोपत्रे गरिएका सडकहरूमा सञ्चालनमा कुनै समस्या नहुने भएकाले डिजेल गाडीको विकल्पका रुपमा विद्युतीय सवारीहरूमा व्यवसायीको आकर्षण बढेको छ ।

आर्थिक र वातावरणीय रुपमा राम्रो देखिएपछि डिजेल गाडीलाई विस्तारै विद्युतीय गाडीले विस्थापित गरिरहेको छ । ‘डिजेल सवारीभन्दा विद्युतीय सवारीमा यात्रा गर्दाको अनुभूति नै बेग्लै छ,’ एक यात्रु धनराज रावलले भने, ‘डिजेलबाट चल्ने गाडीमा यात्रा गर्दा गन्ध आउने र ठूलो आवाजले कष्टकर जस्तै यात्रा लाग्थ्यो । तर विद्युतीय सवारीमा आवाज नआउने र शान्त रुपमा यात्रा गर्दा मनै प्रफूलित बनाउने रहेछ ।’

विद्युतीय सवारीमा पेट्रोल पम्पबाट डिजेल–पेट्रोल हाले जस्तै चार्जिङ स्टेसनबाट विद्युत चार्ज गर्नुपर्छ । हाल बजारमा उपलब्ध आधुनिक विद्युतीय गाडी एकपटक पूर्ण चार्ज गरेपछि करिब ६ सय ४० किलोमिट चल्ने गरेको व्यवसायीहरू बताउँछन् । विद्युतीय सवारीका सञ्चालनमा सहजतका लागि चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टर लगायत पूर्वाधारको विकास गरिएको छ । नेपाल विद्युत प्राविधिकरणले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा फास्ट चार्जिङ स्टेसन निर्माण गरिदिएको छ । यद्यपि यो पर्याप्त भने नरहेको व्यवसायीहरू बताउँछन् । विद्युतीय सवारीको संख्या बढे पनि भाडादर भने डिजेल गाडीकै सरह छ । विद्युतीय सवारीलाई एक पटक चार्ज गरेपछि झण्डै ६ सय किलोमिटरसम्म गुड्छ । डिजेलबाट चल्ने गाडीले लिइरहेकै भाडा विद्युतीय सवारीले पनि यात्रुबाट लिइरहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज