Advertisement

ताजा अपडेट

ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ प्रि-प्रोडक्सन सुरु, संगीत निर्माण जिम्मवारी अर्जुनलाई

ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ प्रि-प्रोडक्सन सुरु, संगीत निर्माण जिम्मवारी अर्जुनलाई

ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए । यो सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका अलवा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । सिनेमाको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिनेमाको सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए । कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, ...
सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णुसँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छन्। मंगलबार काठमाडौँ जिल्ला अदालतबाट एलिना र विष्णुले पारपाचुके गरेका छन्। सम्बन्ध विच्छेदपछि आफूले पाउने सम्पत्ति नलिने एलिनाले बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ अदालतबाट बाहिरिएलगत्तै उनले पूर्वपति विष्णु सापकोटालाई सम्बाेधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी छन्। उनले लेखेकी छन् :  प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ। यस्तै आज दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्ने छ। राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।...
दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

ताजा अपडेट, मधेस प्रदेश, समाचार, स्वास्थ्य
जनकपुरधाम | जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरधाममा खोलिएका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसंख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेको पाइएको बताए। उनले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले शनिबार अनुगमन गरेका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल ह...
‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’

‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गरेको छ । आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिने काम भएको थियो । घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ । आगलागीबाट मन्त्रालयका अतिआवश्य...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने भएकाले उक्त दरखास्त आह्वान गरेको हो । उक्त ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भएकोले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा ९१० बमोजिम  दरखास्त आह्वान गरेको सूचनामा उल्लेख  छ ।...
नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

Breaking News 1, ताजा अपडेट, समाचार
युक्रेनमा ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले दिएको जानकारीअनुसार ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार गरिएको हो।  दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए। गैरआवासीय नेपाली संघका अध्यक्ष केसीका अनुसार गत मे महिनादेखि उनीहरू युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए। उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडिदिएको छ। अब गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके२७४ मार्फत माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले जानकारी दिए। उन...
महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

खेलकुद, ताजा अपडेट, समाचार
त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालमाथि नेदरल्यान्ड्सले १० विकेटको जित निकालेको छ । पूजा महतोले अर्धशतक बनाए पनि बलिङ फितलो हुँदा नेपालले शृंखलामा अर्को हार व्यहोरेको हो। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । जितसँगै नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालको भने सम्भावना समाप्त भइसकेको छ । पाँच खेलमा तीन जितसँगै नेदरल्यान्ड्सले ६ अंक जोडेको छ । अब नेदरल्यान्ड्सले बिहीबार चार खेलमा आठ अंक जोडेको थाइल्यान्डको सामना गर्नेछ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो । नेदरल्यान्ड्सले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व...
लुम्बिनी प्रदेश सरकारले दियो भोलि सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले दियो भोलि सार्वजनिक बिदा

ताजा अपडेट, लुम्बिनी, समाचार
लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो। प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ। यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो। गतवर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो।  ...
माओवादी पदाधिकारी बैठक बस्दै यस्ता छन् बैठका एजेन्डा

माओवादी पदाधिकारी बैठक बस्दै यस्ता छन् बैठका एजेन्डा

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो । नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने सचिव देवेन्द्र पौडेलले बताए । यसअघि माघ ८ गते बसेको बैठकले सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल भएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज