Advertisement

महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालमाथि नेदरल्यान्ड्सले १० विकेटको जित निकालेको छ । पूजा महतोले अर्धशतक बनाए पनि बलिङ फितलो हुँदा नेपालले शृंखलामा अर्को हार व्यहोरेको हो।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।

जितसँगै नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालको भने सम्भावना समाप्त भइसकेको छ ।

पाँच खेलमा तीन जितसँगै नेदरल्यान्ड्सले ६ अंक जोडेको छ । अब नेदरल्यान्ड्सले बिहीबार चार खेलमा आठ अंक जोडेको थाइल्यान्डको सामना गर्नेछ ।

यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो । नेदरल्यान्ड्सले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व्यहोरेको थियो ।

नेदरल्यान्ड्सका लागि कालिसले ११ चौका र दुई छक्कासहित अविजित ९८ रन बनाइन् । उनलाई साथ दिएकी फेबे मोल्केनबोएरले ४९ बलको सामना गर्दा चार चौकासहित ४८ रनको पारी खेलिन् । शृंखलामा यो सबैभन्दा ठुलो रनको साझेदारी हो । नेपालकी सीता रानामगर सबैभन्दा महँगो बलर साबित भइन् । तीन ओभर बलिङ गरेकी सीताले २६ रन खर्चिइन् ।

यसअघि युवा ब्याटर पूजा महतोको अर्धशतकीय पारीप्रेरित नेपालले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १४५ रनको योगफल खडा गरेको थियो । पूजाले ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् । शृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो । अन्तर्राष्ट्रिय टी–२० मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेका थिए ।

पूजाले कप्तान इन्दु वर्मासँग मिलेर तेस्रो विकेटका लागि ७८ रनको अर्धशतकीय साझेदारी गरिन् । इन्दुले पेभिलियन फर्किनुअघि ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन् । यसबाहेक रुविना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन् । ओपनर सम्झना खड्का र ममता चौधरीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्यान्ड्सका लागि आइरिस ज्विलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज