काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।
यो सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका अलवा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । सिनेमाको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिनेमाको सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए ।
कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ । सिनेमा २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।