‘होस्टेल ३’ ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टिम सम्मानित
चितवन - गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम सोमवार आयोजना गरिएको छ । चलचित्रले शनिवार नै ५१ दिन पूरा गरेको थियो । विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए ।
सो अवसरमा चलचित्र युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख कलाकारहरू पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान अनुपस्थित रहे ।
कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र न...














![‘झिल्के एण्ड द कम्पनी’ ल्यायो ‘राम्री बाहुन केटी’ [भिडियो]](https://hamrokhabarnepal.com/wp-content/uploads/2025/02/bahuni-kt--780x440.jpg)





