Advertisement

‘होस्टेल ३’ ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टिम सम्मानित

चितवन – गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम सोमवार आयोजना गरिएको छ । चलचित्रले शनिवार नै ५१ दिन पूरा गरेको थियो । विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए ।

सो अवसरमा चलचित्र युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख कलाकारहरू पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान अनुपस्थित रहे ।

कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।

नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो चलचित्र नै दर्शकको प्रेमले सफल बनाएको भन्दै आभार प्रकट गरे । उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि ‘विश्वविद्यालय’ भएको बताउँदै यस चलचित्रबाट सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरे ।

निर्देशक सशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले चलचित्रलाई साथ र समर्थन गरेका दर्शक तथा पत्रकारहरूप्रति धन्यवाद व्यक्त गरे ।

‘होस्टेल’ चलचित्र शृङ्खला नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने चलचित्रका रूपमा चिनिन्छ । यसको तेस्रो श्रङ्खला ‘होस्टेल ३’ले पनि व्यापक सम्भावना बोकेका केही कलाकारलाई परिचित गराएको छ ।

यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज