चितवन। वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण थाइल्याण्डमा यही चैत १२ गते २५ मार्चमा हुँदैछ ।
‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डमा बिभिन्न बिधालाई समाबेश गरेको छ । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । यी बिभिन्न बिधाका उत्कृष्ट पाँच ५ जना मनोनयनमा पर्न सफल नामावली सार्वजनिक गरिएको छ ।
‘दशैँ आयो’ गीत बाट भिडियो सम्पादनको उत्कृष्ट पाँच पर्न सफल चितवन रत्ननगरका पुजन लामिछाने अवार्डलाई लिएर निकै सकारात्मक छन । “आफुले गरेको कामको मुल्याङ्कन गरेर टप ५ मा परेकोमा खुशी छन । छनोट प्रकृयाको क्रममा नम्बर १ मा परे पनि, नपरे पनि उत्कृष्ट पाँचमा पर्नु नै हामी जस्तो नव कलाकार तथा प्राबिधिकलाई ठुलो कुरा हो।” उनले भने ।
पुजन चितवनमा रहेर भिडियो सम्पादन मात्र नभैइ मोड्लिङ र अभिनयमा पनि उत्तिकै सकृय छन । उनको अभिनय रहेको फिल्म ‘होस्टल ३’ पनि यतिखेर प्रदर्शन भईरहेको छ ।
पाँचौ हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।