काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’ को नयाँ गीत ‘राम्री बाहुन केटी’ को भिडियो सार्वजनिक भएको छ । व्याण्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानको स्वर, शब्द र संगीत रहेको गीतको भिडियोमा ‘मिस नेपाल २०२४’ की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’ का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र विपुला सिद्धान्त जोशीको अभिनय छ।
अन्तरजातीय प्रेमको भावना व्यक्त गरिएको गीतको भिडियोमा सुरुवात रमाइलो शैलीको भए पनि अन्त्यतिर गहिरो प्रेम व्यक्त गरिएको छ, जसमा प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न सहयोग गरेको देखाइएको छ । यसले नयाँ पुस्तासँगै समाजमा परम्परागत सोच र आधुनिक प्रेम तथा व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गरेको गायक देवानको भनाइ छ ।
बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायांकन र विकेश मगरको सम्पादन छ।
झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान गायन र गिटार, बिशाल हाङ राई बेस गिटार, र दिप्सन केसी ड्रम्समा छन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।