चर्चामा रहेको ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने
काठमाडौं। दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’ का प्रमुख कलाकार जितु नेपाल तथा नीति शाह अहिले चलचित्रवृत्त र दर्शकका लागि ‘हट केक’ बन्नुभएको छ । चलचित्रमा अनुवन्धित भएसँगै चर्चामा रहनुभएका जितु र नीति चलचित्रको प्रचार सामग्रीहरु पोस्टर, टीजर तथा गीत (कसम बत्तीको) सार्वजनिक भएपछि अहिले सबैको नजर उहाँहरूतिरै सोझिएको छ ।
चलचित्रमा जितु र नीति अनुवन्धित भएपछि उहाँहरूको जोडी कस्तो बन्ला भन्ने चलचित्रवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । चलचित्रको पोस्टर, टिजर र कसम बत्तीको गीत सार्वजनिक भएपछि चलचित्रप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ । अभिनयमा झण्डै तीन दशक बिताइसक्नुभएका जितु र चलचित्रवृत्तमा नयाँ अनुहारका रुपमा उदाउनुभएकी नीतिको केमेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्व...



















