Advertisement

चर्चामा रहेको ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने

काठमाडौं। दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’ का प्रमुख कलाकार जितु नेपाल तथा नीति शाह अहिले चलचित्रवृत्त र दर्शकका लागि ‘हट केक’ बन्नुभएको छ । चलचित्रमा अनुवन्धित भएसँगै चर्चामा रहनुभएका जितु र नीति चलचित्रको प्रचार सामग्रीहरु पोस्टर, टीजर तथा गीत (कसम बत्तीको) सार्वजनिक भएपछि अहिले सबैको नजर उहाँहरूतिरै सोझिएको छ ।

चलचित्रमा जितु र नीति अनुवन्धित भएपछि उहाँहरूको जोडी कस्तो बन्ला भन्ने चलचित्रवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । चलचित्रको पोस्टर, टिजर र कसम बत्तीको गीत सार्वजनिक भएपछि चलचित्रप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ । अभिनयमा झण्डै तीन दशक बिताइसक्नुभएका जितु र चलचित्रवृत्तमा नयाँ अनुहारका रुपमा उदाउनुभएकी नीतिको केमेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्यधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।

चलचित्र निर्माण टिमले प्रचार-प्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला-बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिनुभएको छ । यो पोस्टरले पनि चलचित्रको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता चलचित्रकर्मीसँगै दर्शकमा व्याप्त छ ।

सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ, तर यो चलचित्रको पोस्टर, टीजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ ।

चलचित्रका निर्देशक वसन्त निरौला नेपाली चलचित्रमा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’ मा फरक कथा दर्शकले हेर्न पाउने बताउनुहुन्छ । ‘पोस्टर, टीजर र गीत रिलिजपछि चलचित्रले राम्रो हाइप पाएको छ । प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि चलचित्रप्रति चासो बढाइदिएको छ’, निर्देशक निरौला भन्नुहुन्छ, ‘दुवै कलाकारले फिल्ममा चरित्र अनुसार न्याय दिनुभएको छ ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नवीन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको चलचित्रमा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।

रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज