छक्का पञ्जामा पूर्वप्रेमिकालाई गालीको वर्षा

काठमाडौं । दशैंको अवसर पारेर आगामी २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म छक्का पञ्जा ५ को ब्रेकअप सङ बल्ल बुझेँ चाला तेरो त्रिताले सार्वजनिक गरिएको छ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बाबुल गिरी र दिपाश्री निरौलाको स्वर तथा बाबुल गिरीको संगीत र शब्द रचना रहेको छ। गीतको भिडियोमा फिल्मका कलकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसीले अभिनय गरेका छन्।

गीतमा पूर्वप्रेमिका र प्रेमीबीचको आक्रोशलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। गीत सार्वजनिक हुना साथ यसका छोटा भिडियोहरू सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाईरल बन्न पुगेको छ। गीतका शब्दलाई लिएर नकरात्मक र सकरात्मक दुबै थरी प्रतिक्रिया आइरहेको छ।
कमेडी शैलीको गीतमा केदार घिमिरे लिप्सिङ गर्छन्
बल्ल बुझेँ चाला तेरो रैछ त्रिताले
तँलाई सपिङ गरदिएको पैसा फिर्ता ले।
तँलाई सम्पत्तीको स नभाको भिखारीले पाओस्।
मलाई जुत्ती हान्ने खुट्टा तेरा मर्कीएर जाओस्।
मलाई पिठ्युँ देखाई हिँड्ने तेरा ढाडै सर्की जाओस्।
तेरो कहीँ नभाको रुपको खेती धमीराले खाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस्।
त्यसको जवाफमा गीतको अन्त्यतिर दीपाश्री निरौला आफैँले गाएको गीतमा लिप्सिङ गर्छिन्
बल्ल बुझँ चाला तेरो त्रिताले
तेरो पैसा लैजा मेरो वैंश फिर्ता ले
त“लाई संसारकै कोही केटीले मनै नपराओस्
मलाई अनेकथरी भन्ने मुखमा किरै परी जाओस्।
गीतको अन्त्यमा केदार भन्छन् ‘गाली गर्नु सामाजिक अपराध हो।’

लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले साथ दिएका छन्।

फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरीलगायले पनि अभिनय गरेका छन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज