चितवन ।
थारु कलाकार तथा गायक महेश चौधरीको नयाँ म्युजिक भिडियो ‘हमार जितिया’ सार्वजनिक भएको छ। MAHESH OFFICIAL YouTube च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा थारु समुदायको महत्वपूर्ण पर्व जितियाको संस्कृति, परम्परा र मौलिकतालाई प्रस्तुत गरिएको छ।
किशोर चौधरीको निर्देशन रहेको भिडियोमा नितेश जंग चौधरी, अंकिता चौधरी, निबेश चौधरी र शिल्पा चौधरीलगायत कलाकारको अभिनय रहेको छ। भिडियोले जितिया पर्वको सांस्कृतिक महत्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।