Advertisement

बागमती

भरतपुर अस्पतालमा मुटुको उपचारका लागि क्याथ ल्याबको उद्घाटन, जलनको पनि उपचार सुरु

भरतपुर अस्पतालमा मुटुको उपचारका लागि क्याथ ल्याबको उद्घाटन, जलनको पनि उपचार सुरु

Breaking News 1, बागमती, समाचार, स्वास्थ्य
चितवन - चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवाको सोमबार सुरुवात गरेका हुन् । उक्त अवसरमा मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको बताए । भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास मन्त्री पौडेलले गरेका छन् । ‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने । अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे । अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ । मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए । सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा शुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड सुरुवात गरिएको हो । अ...
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, हेटौँडा-काठमाडौं यात्रा गर्दा अन्य  मार्ग प्रयोग गर्न आग्रह

बाढीले बागमती खोलाको डाइभर्सन बगायो, हेटौँडा-काठमाडौं यात्रा गर्दा अन्य मार्ग प्रयोग गर्न आग्रह

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं : गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६:०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ। प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।  ...
गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न छुट्टै कम्पनी बनाइनेः बैंकको लाभांश क्षमता बढ्ने, लगानीकर्ता उत्साहित

गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न छुट्टै कम्पनी बनाइनेः बैंकको लाभांश क्षमता बढ्ने, लगानीकर्ता उत्साहित

Breaking News 2, अर्थ, बागमती, समाचार
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका लागि टाउको दुखाईको विषय बनिरहेको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जाको अब व्यवस्थापन हुने भएको छ । बैंकर तथा निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जामा गणना हुन आउने धितो(सम्पत्ति)हरुको व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना हुने सरकारले घोषणा गरेको हो । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जा व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना गरिने घोषणा गरे । यस्तो कम्पनीले बैंकहरुको खराब कर्जा बढाउने मुख्य कारक बनेका सम्पत्तिको व्यवस्थापन गरिदिने र यसले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्यमा आमूल सुधार आउने अपेक्षा गरिँदै आएको छ । पछिल्लो समय बैंकहरुको लाभांश क्षमतामा गम्भीर ढंगले हिट गरिरहेको गैरबैंकिङ सम्प...
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्

फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, बागमती, शिक्षा
काठमाडौँ : भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेपछि दोषीलाई कारबाही गर्न माग गरेको छ । एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा शाह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो । गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको...
म्याद थपपछि इजलासबाट निस्कदै रवीन्द्र मिश्रलाई न्यायाधीशको यस्तो कटाक्ष

म्याद थपपछि इजलासबाट निस्कदै रवीन्द्र मिश्रलाई न्यायाधीशको यस्तो कटाक्ष

Breaking News 1, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत बास लम्बिएको छ । आज पाचौंपटक म्याद थप गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई थप एक हप्ता थुनामा राख्न अनुमति दिएको हो । गत चैत १० गते अदालतले ३ दिन मात्रै म्याद थपेको थियो । त्यसबेला न्यायाधीशले अर्काेपटक छोड्न सकिने संकेत समेत गरेका थिए । तर आज न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले मिश्रलाई निराश पारे । अदालतमा उपस्थित राप्रपा स्रोतका अनुसार न्यायाधीशको निर्णय मात्र मिश्रको खिलाफ थिएन, उनको हाउभाउ पनि पूर्वाग्रहपूर्ण देखिन्थ्यो । निर्णयमा हस्ताक्षरपश्चात उनले मिश्रलाई घोचपेचसमेत गरे । जलासबाट बाहिरिँदै गर्दा उनले मिश्रतर्फ हेर्दै हाउभाउसहित भने, ‘तपाईंहरू यत्रो महाअभियानमा हिँड्नुभएको रहेछ। तपाईंहरूको अपेक्षाबमोजिम निर्णय गर्न सकिएन, ७ दिन म्याद थप गरिदिएको छु ।’ मिश्रले मुस्कुराउँदै हस् मात्र भने ।...
राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रतिनिभिसभा अन्तर्गतको शिक्षा समिति सदस्य चयन भएकी छन् । गत सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनलाई आजको बैठकले समिति सदस्यमा चयन गरेको छ । त्यस्तै, बर्खास्तीमा परेका निवर्तमान ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि अर्थ समितिमा अटाएका छन् । सभामुख देवराज घिमिरेले विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर तथा थप गरिएकोबारे जानकारी गराएपछि सांसदहरुले टेबल ठोकर अनुमोदन गरेका हुन् ।...
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज (आइतबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने का...
रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड

रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड

बागमती, मनोरञ्जन, समाचार
रत्ननगर । चितवनको रत्ननगरका पुजन लामिछानेले भिडियो सम्पादन विधामा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएका छन् । वुमेन्स इरा एण्ड मिडिया ग्रुपले उनलाई सम्पादन विधामा उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरेको हो । सञ्चारकर्मी समेत रहेका लामिछाने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको लागि मनोनयनमा परेका थिए । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार सम्पन्न भब्य समारोहका बीच लामिछानेलाई अवार्ड प्रदान गरिएको हो । लामिछाने दसैँ आयो’ गीतबाट भिडियो सम्पादनको उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान ः हाम्रो एक अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौँ संस्करणको अवार्डमा विभिन्न विधालाई समावेश गरिएको थियो । अवार्डमा आधुनिक पप लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको जनाइएको छ । लामिछाने चितवनमा रहेर भिडियो सम्पादनमात्रै नभई मोडलिङ र अभिनयमा पनि उत्त...
कारागारका कैदीबन्दी आयआर्जनमा

कारागारका कैदीबन्दी आयआर्जनमा

Breaking News 1, अर्थ, बागमती, समाचार
चितवन। जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् । उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताइरहनुभएका सानु चेपाङले भने, “मैले गलैँचा ब...
तेस्रो खैरहनी महोत्सवको आयव्यय सार्वजनिक

तेस्रो खैरहनी महोत्सवको आयव्यय सार्वजनिक

अर्थ, ताजा अपडेट, बागमती, समाचार
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आयोजित तेस्रो खैरहनी महोत्सवको शुक्रबार आयव्यय सार्वजनिक गरिएको छ । खैरहनी उद्योग बाणिज्य संघले पौष ५ गते देखि १६ गते सम्म आयोजना गरेको उक्त महोत्सवको पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको हो । महोत्सवमा ३५ लाख ७० हजार ९९४ आम्दानी भएकोमा ३३ लाख ६९ हजार ६१० खर्च कटाएर २ लाख १ हजार ३८४ रुपैया नाफा भएको संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । विशेष गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दी र त्यसले पारेको नकारात्मक असरलाई चिर्दै आशाको किरण जगाउन तथा उद्योग व्यापारको सम्भावनालाई जागृत गराई राष्ट्रलाई नै आर्थिक रुपमा टेवा पु¥याउन महोत्सवले बलियो सेतुको भूमिका खेलेको छ । यस पटक महोत्सवलाई केवल प्रदर्शनी र मनोरञ्जनमा मात्र सीमित नराखी व्यवसायिक सम्भावना र चुनौतीको खोज हुने गरी आयोजना गर्दै क्षेत्रगत विचार गोष्ठी, अन्तरक्रिया समेत ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज