राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत बास लम्बिएको छ । आज पाचौंपटक म्याद थप गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई थप एक हप्ता थुनामा राख्न अनुमति दिएको हो ।
गत चैत १० गते अदालतले ३ दिन मात्रै म्याद थपेको थियो । त्यसबेला न्यायाधीशले अर्काेपटक छोड्न सकिने संकेत समेत गरेका थिए । तर आज न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले मिश्रलाई निराश पारे ।
अदालतमा उपस्थित राप्रपा स्रोतका अनुसार न्यायाधीशको निर्णय मात्र मिश्रको खिलाफ थिएन, उनको हाउभाउ पनि पूर्वाग्रहपूर्ण देखिन्थ्यो । निर्णयमा हस्ताक्षरपश्चात उनले मिश्रलाई घोचपेचसमेत गरे ।
जलासबाट बाहिरिँदै गर्दा उनले मिश्रतर्फ हेर्दै हाउभाउसहित भने, ‘तपाईंहरू यत्रो महाअभियानमा हिँड्नुभएको रहेछ। तपाईंहरूको अपेक्षाबमोजिम निर्णय गर्न सकिएन, ७ दिन म्याद थप गरिदिएको छु ।’
मिश्रले मुस्कुराउँदै हस् मात्र भने ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।