निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रतिनिभिसभा अन्तर्गतको शिक्षा समिति सदस्य चयन भएकी छन् । गत सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनलाई आजको बैठकले समिति सदस्यमा चयन गरेको छ ।
त्यस्तै, बर्खास्तीमा परेका निवर्तमान ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि अर्थ समितिमा अटाएका छन् ।
सभामुख देवराज घिमिरेले विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर तथा थप गरिएकोबारे जानकारी गराएपछि सांसदहरुले टेबल ठोकर अनुमोदन गरेका हुन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।