Advertisement

तेस्रो खैरहनी महोत्सवको आयव्यय सार्वजनिक

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आयोजित तेस्रो खैरहनी महोत्सवको शुक्रबार आयव्यय सार्वजनिक गरिएको छ । खैरहनी उद्योग बाणिज्य संघले पौष ५ गते देखि १६ गते सम्म आयोजना गरेको उक्त महोत्सवको पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको हो । महोत्सवमा ३५ लाख ७० हजार ९९४ आम्दानी भएकोमा ३३ लाख ६९ हजार ६१० खर्च कटाएर २ लाख १ हजार ३८४ रुपैया नाफा भएको संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । विशेष गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दी र त्यसले पारेको नकारात्मक असरलाई चिर्दै आशाको किरण जगाउन तथा उद्योग व्यापारको सम्भावनालाई जागृत गराई राष्ट्रलाई नै आर्थिक रुपमा टेवा पु¥याउन महोत्सवले बलियो सेतुको भूमिका खेलेको छ । यस पटक महोत्सवलाई केवल प्रदर्शनी र मनोरञ्जनमा मात्र सीमित नराखी व्यवसायिक सम्भावना र चुनौतीको खोज हुने गरी आयोजना गर्दै क्षेत्रगत विचार गोष्ठी, अन्तरक्रिया समेत गरिएको अध्यक्ष खनालले बताए । यसै वर्षदेखि पर्सा बजार र महोत्सव स्थललाई जोडने गरी पर्सा बजारमा फुड फेष्टिवलको कार्यक्रम थप गर्नुले पर्सा बजारको व्यापार व्यवसायको सामाथ्र्यलाई थप उजागर गरेको उनको भनाई छ । महोत्सवले स्वास्थ्यका लागि अत्यावश्यक मानिने महको प्रवर्धन, जैविक, प्राकृतिक, सामाजिक, सांस्कृतिक विविधताको उत्खनन्मा पनि परिणाममुखी भूमिका खेलेको भन्दै अध्यक्ष खनालले महोत्सवले कृषि उत्पादकत्व, पर्यटन, प्रवर्धन तथा अन्य व्यवसायिक उन्नयनमा जोड दिँदै देशभित्र सम्भावना नदेख्ने ठुलो युवा जमातलाई पनि देशभित्रै अथाह सम्भावनाको ज्योति प्रज्ज्वलित गरी बौद्दिक पलायन रोक्ने काममा भूमिका खेलेको बताए । संघका महासचिव विनोद अर्यालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा खैरहनी उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बलराम अर्याल, पूर्वअध्यक्ष गुणराज श्रेष्ठ, चन्द्रप्रसाद सापकोटा, दीपेन श्रेष्ठ, संघका बरिष्ट उपाध्यक्ष अर्जुन लम्साल लगायत पदाधिकारी र सदस्यहरुको उपस्तिथि रहेको थियो । महोत्सवको संरक्षणकमा खैरहनी नगरपालिका रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज