विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गाउँपालिका–४ स्थित रामचोकबाट शनिबार राति गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार भारततर्फ जाँदै गरेको प्रदेश १–०१–०० च ७४२२ नम्बरको पिकअपलाई रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि गरिएको जाँचका क्रममा स्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखिएका १९ पोका गाँजा फेला परेको थियो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।