Advertisement

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको क्षतिको आज अनुगमन गर्नुभएको छ।

घटना भएको एक हप्तापछि मुख्यमन्त्री शाहले प्रदेश संरचना अन्तर्गतका मन्त्रालय, कार्यालय र संघ मातहतका कार्यालयमा भएको क्षतिको अनुगन गर्नु भएको हो । उहाँले २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिको बारेमा जानकारी लिनुका साथै जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयहरुलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिनुभएको छ।

मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रको काम हुने भएका कारण काम सुचारु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा त्यति धेरै क्षति नभएका कारण आवश्यक सामानको व्यवस्था गरेर काम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै, अनुगमनको क्रममा मुख्यमन्त्री शाहले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई धनगढीबाट दिन नसकिरहेको सेवा टीकापुर इलाका प्रशासन कार्यालयबाट दिन सुझाव दिनुभयो । इलाका प्रशासन कार्यालयमा क्षति नभएका कारण त्यहाँबाट सबै सेवा दिन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले यस विषयमा छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाहले कतिपय कार्यालयबाट सेवा चाँडै र कतिपयको सेवा तत्काल दिन नसकिने अवस्था देखिएको उल्लेख गनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुगमन गर्नुभयो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला अदालत, मालपोत, नापी, कैलाली भन्सार, डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, धनगढी सभा गृह लगायतका कार्यालयको पनि अनुगमन गर्नुभएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज