समाचार

रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

रत्ननगरमा स्वास्थ्य शिविर : ३२२ जनाको स्वास्थ्य परीक्षण

बागमती, समाचार, स्वास्थ्य
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबार आयोजना गरिएको स्वास्थ्य शिविरमा ३२२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा बृद्धबृद्धा तथा परम आनन्द हरिर्कितन समुह ज्येष्ठ नागरिक केन्द्रित स्वास्थ्य शिविर आयोजना गरेको हो । बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहित विशेषज्ञहरुको टोलीले सुगर र प्रेसरका १२७ जना र आँखा १९५ जना गरी ३२२ जनाको उपचार गरिएको समुहका सचिव रामहरि लम्सालले जानकारी दिनुभयो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको लम्सालले जानकारी दिए । उद्घाटन कार्यक्रम समुहका कार्यबहाक अध्यक्ष तन्द्रकान्त ओझाको अध्यक्षतामा भएको थियो । रत्ननगर नगरनगरपालिकामा मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपमेयर यादव प्रसाद पाठक, वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । शिविरम...
बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको  छ ।   साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ । वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने  गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए ।  उनले भने, ‘वर्षाका कारण वस्ती  डुबानमा नै रहेको अवस्था छ ।  राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ ।’ सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ ज...
बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

बागमतीमा १२ भन्दै धेरै स्वास्थ्य संस्थामा क्षति

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, स्वास्थ्य
हेटौँडा । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ । मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ । साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी...
खुल्यो दाउन्नेको सडक

खुल्यो दाउन्नेको सडक

समाचार
परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ दाउन्ने जंगल खुर्सानीखोलामा अविरल वर्षाका कारण सडक भासिनुका साथै हाइटेन्सन लाइनको पोल सडकतर्फ ढली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । गएरातिदेखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात चालु गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।...
मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन्। संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो। सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराइन्। मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा. राणा वासिङ्टन डिसीमा छिन् ।...
ओली फर्केपछि बस्दै एमालेको सचिवालय बैठक

ओली फर्केपछि बस्दै एमालेको सचिवालय बैठक

ताजा अपडेट, समाचार
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।
इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

अर्थ, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य केही घटाएको छ । सोमबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टीतेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ एवं हवाई इन्धनमा प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । निगमले पहिलो, दोस्रो र तेस्रो गरी तीन वर्गमा ढुवानी लागत खर्चअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । यसरी समायोजनपछि मूल्य घटेसँगै पहिलो वर्गमा पर्ने झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ४६ रुपैयाँ कायम गरिएको छ । यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १ सय ४६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेस्रो वर्गको काठमाडौं, पोखरा र दीपायल ...
सुरु भयो सुकिला नोट सटही

सुरु भयो सुकिला नोट सटही

अर्थ, समाचार
काठमाडौँ । २०८१ सालको दसैंमा माग हुने साना दरका नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) आइतबारदेखि नोट सटही सुरु भएको हो । यस्तो सटही सुविधा असोज २२ गतेसम्म जारी रहने राष्ट्र बैंकको भनाइ छ  । सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो । आजदेखि सटही सुरु भएको नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेका हुन् ।...
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने

राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने

राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले पचास लाख सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए । साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो । बैठक पश्चात् जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए । ‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्...
काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

काभ्रेको रोशीमा फसेका यात्रुलाई उद्धार गर्न हेलिकप्टर परिचालन

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काभ्रे | तीन दिनसम्म परेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक नै बगाएपछि अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ । हिजो शनिवार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीहरुमध्ये बिरामी, ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज