बाढीले पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको  छ ।   साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।

वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने  गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए ।  उनले भने, ‘वर्षाका कारण वस्ती  डुबानमा नै रहेको अवस्था छ ।  राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ ।’ सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको र कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको उनले बताए  । वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी  बिन्दुलाल मुखियाले बताए ।

भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी  भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ । दुई वर्षअघि आएको बाढीले सडक भासिदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

तिलाठी कोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र सडक कटानको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको बताउँछन् । उनले खाँडो र जीता नदीको बहाव सही तरिकाले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रीलाई सास्ती दिँदै आएको जानकारी दिए । यद्यपि सरकारले गम्भीरता नदेखाएपछि यहाँका स्थानीय बासिन्दालाई वर्षायाममा यस्ता समस्या भोग्नुपर्ने नियति नै बनेको छ । ‘यो समस्या हरेकपटक वर्षायाममा आउँछ तर राज्यले गम्भीरता देखाउँदैन’, उनले भने, ‘यसले राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि निकै गिरावट आउँछ, यो समस्या जति चाँडो समाधान हुन्छ, स्थानीयसँगै राज्यका लागि त्यति नै फलदायी हुन्छ ।’

तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेगसम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताए । उनले राजविराज भन्सारसम्म सवारीसाधन आउन नसकेका कारण आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको बताए । कार्यालयसम्म आउने बाटो जीर्ण र समय–समयमा बाढीले सडकमा क्षति गरेको सडक पुनर्निर्माण नभएका कारण राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी भगत बताउँछन् । उनले भने, ‘साउनमा रु ६७ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा २३ लाख ८८ हजार सङ्कलन भएको र भदौमा रु ६३ लाख ५५ हजार लक्ष्य रहेकामा रु १९ लाख ३८ हजार राजस्व असुली भयो ।’

कुनोली बजार आवतजावतका लागि पुल नभएका कारण पनि राजस्व सङ्कलमा कमी आएको उनले बताए । यस्तै राजविराज भन्सारदेखि पूर्वतर्फको पुलसमेत बाढीले बगाउँदा नेपाली दैनिक उपभोग्य सामानमा किन्न निर्भर रहने कुनोली बजार जान समेत समस्या छ ।  राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वमा भारतीय सीमानामा रहेको कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नेहरूको भीड लाग्ने गर्दछ ।

दसैँतिहारका बेला बजार जाने नेपाली तिलाठीबाट दक्षिण खोला तरेर कुनोली बजार जाने बाटोमा समेत पुल नभएकाले सास्ती खेपिरहेको हनमाुननगर कङ्कालनी नगरपालिका–१४ का वासुदेव मण्डलले बताए । कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नका लागि जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, डिवन र तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया, सकरपुरा, रम्पुरा, मल्हनिया र तिलाठीका सर्वसाधारण जाने गर्दछन् । (रासस)

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज