इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य केही घटाएको छ । सोमबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टीतेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ एवं हवाई इन्धनमा प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो ।

निगमले पहिलो, दोस्रो र तेस्रो गरी तीन वर्गमा ढुवानी लागत खर्चअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । यसरी समायोजनपछि मूल्य घटेसँगै पहिलो वर्गमा पर्ने झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ४६ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १ सय ४६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेस्रो वर्गको काठमाडौं, पोखरा र दीपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४७ रुपैयाँ कायम गरिएको जनाएको छ ।

यसैगरी, निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १ सय २६ रुपैयाँ कायम भएको जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९ सय ६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८ सय ६० डलर कायम गरिएको निगमले जनाएको छ ।

मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य समयोजन गरेपछि दसैं–तिहारका उपभोक्तालाई केही राहत मिलेको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलो लिटरमा ४५ अमेरिकी डलरले मूल्य घटाएको जनाएको छ ।

एलपी ग्यासको मूल्य भारतबाट प्रतिसिलन्डर २ सय ६९ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज