परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ दाउन्ने जंगल खुर्सानीखोलामा अविरल वर्षाका कारण सडक भासिनुका साथै हाइटेन्सन लाइनको पोल सडकतर्फ ढली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

गएरातिदेखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात चालु गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।