उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक
पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली "ह्याप्पी एनिभर्सरी" गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा विष्णु लक्ष्मी मानन्धर संगै उदय मानन्धरको अभिनय रहेको छ, गीतमा अन्जित बोहरा, सानु लामा, जेनिसा सिजापति र उज्वल लामिछानेको नृत्य रहेको छ । अन्जित बोहराको कोरियोग्राफी रहेको गीतमा कृष्ण प्रसाद...












