नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएकी छन्। मंगलबार जारी विज्ञप्तिमा उनले बहुविवाह फौजदारी अपराध भएको स्मरण गराउँदै यस्तो संशोधन संविधान, मानवअधिकार र लैङ्गिक समानताको विपरीत रहेको बताएकी हुन्।
उनले प्रस्तावित संशोधनले महिलाको आत्मसम्मानमा चोट पुग्ने, असमानता र हिंसा बढाउने र संविधान तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने बताउँदै विधेयक सदनमा पेस गर्नु अघि नै खारेज गर्न माग गरेकी छन्।संशोधन प्रस्ताव अनुसार, बच्चा जन्मिसकेको वा गर्भवती अवस्थामा बहुविवाह बदर नहुने व्यवस्था गर्न खोजिएको छ। तर कानुन मन्त्रीले मन्त्रिपरिषद्मा यस्ता प्रावधान नरहेको बताएका छन्।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।