समाचार

१० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाको टोली सोमबारै फर्किने

१० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाको टोली सोमबारै फर्किने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ । विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । ‘पार्टीले निर्देशन दिएको होइन, उहाँहरु यहाँको राजनीतिक अवस्थाले फर्कन लाग्नु भएको हो,’ कार्कीले भने । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष...
दुर्गा प्रसाईं किन समातिए ?

दुर्गा प्रसाईं किन समातिए ?

Breaking News 1, समाचार
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमिी नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने पक्राउ परेका छैनन् । भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको ब्यूरोका एसएसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ । एसएसपी अवस्थीका अनुुसार रास्वपाकी एक नेतृले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृ प्रहरीको साइबर ब्यूरोमा पुगेकी थिइन्...
जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

Breaking News 1, काभ्रे, समाचार
काभ्रे । जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ । धुलिखेल नगरपालिका ९ र ११ को सिमाना काभ्रेभञ्ज्याङ विपी राजमार्ग सडक खण्डमा नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सिराहबाट भुस्सा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१७९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा भुस्साभित्र अवैध रुपमा लुकाई छिपाई ल्याएको २६ कार्टुन पटका फेला पारी ट्रकसहित पटाका नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजतलास जारी रहेको छ भने थप अनुसन्धान कार्य भैरहेको छ । काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार बरामद गरिएको कार्टुनमा ‘जोकर’ लेखिएको पटका ५ पाँच काटुन ९प्रति कार्टुनमा ८० प्याकेटको दरले जम्मा ४०० प्याकेट० बरामद गरिएको हो ।...
सौराहामा नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सौराहामा नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बागमती, समाचार, स्वास्थ्य
चितवन | चितवनको पर्यटकीय नगरी सौराहामा हिजो देखि नेपाल राष्ट्रिय मुटु तथा फक्सो रोग समाजको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्टारमा भिडियो एक्स–रे इको अडियोग्राफी सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको सोसाइटीका अध्यक्ष डा शंकर लौडारी, पूर्व अध्यक्ष डा श्यामराज रेग्मी, पूर्व अध्यक्ष डा मणिराम प्रसाद गौतमले सौराहाको होटलमा दीप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेका थिए । आयोजना गरिएको पहिलो सम्मेलनका अध्यक्ष डा लाउडारिलेले भिडियो एक्सरेले मुटु रोगको उपचारमा नयाँ प्रविधि भित्र्याएर नयाँ आयाम दिएको बताउनुभयो । उनले अब नेपाली मुट्टु र फक्सोको उपचारका लागि विदेश जानु नपर्ने, विज्ञ र प्रविधि हामीसँग उपलब्ध रहेको बताए । मुलुकमा डाक्टरको सहभागिता ७ प्रतिशतले बढ्यो विरामीको उपचारमा किन आवश्यक छ भिडियो एक्स–रे विश्वभर इकोकार्डियोग्राफी गर्ने काम कुन–कुन हुन्छ, कस्तो उपचार गरिन्छ भन्ने विष...
अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

अस्ट्रेलियाले ४४ ओभरमै भेट्टायो ३०० भन्दा बढीको लक्ष्य

खेलकुद, ताजा अपडेट, समाचार
चितवन। ओपनर ट्राभिस हेड १५४ को शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ। हेडलाई मार्नस लाबुसेनले नि राम्रो साथ दिएका थिए। यसअघि इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। इङ्ल्यान्डका लागि बेन डकेटले ९१ बलमा ९५ रन बनाए भने विल ज्याकले ६२ रन बनाए। मिडिल अर्डरमा ह्यारी ब्रुक, जेमी स्मिथ र लिभिङस्टनले ठूलो स्कोर बनाउन सकेनन्। तर बेथलले ३४ बलमा ३५ रन बनाउँदै इङ्ल्यान्डलाई ३१५ रनमा समेटेका थिए। जवाफमा मैदान उत्रेको अस्ट्रेलियालाई ट्राभिस हेडले बलियो सुरुवात दिलाएका थिए। एडम स्मिथ र क्यामरुन ग्रिनले पनि ३२–३२ रन जोडे। अन्तिममा लाबुसेन ७७ ले अर्धशतकीय इनिङ्स खेल्दै टिमलाई ४४ ओभरमा जित दिलाए।  ...
सरकारले दियो विदेशी मुद्रा सटही, खुल्लान् त विदेशी च्यानल 

सरकारले दियो विदेशी मुद्रा सटही, खुल्लान् त विदेशी च्यानल 

Breaking News 1, अर्थ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौँ | नेपालका टेलिभिजन सेवा प्रदायकले भारतीय प्रसारकलाई बुझाउन बाँकी बक्यौताका लागि सरकारले विदेशी मुद्रा सटही सिफारिस दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन च्यानलमा आला कार्टा मूल्य प्रणाली हुनुअघिको अवधिका लागि विदेशी मुद्रा सटही प्रक्रिया अगाडि बढाउन सूचना तथा प्रसारण विभागलाई निर्देशन दिएको जनाइएको छ । यसले हाल बन्द अवस्थामा रहेका (पाइरेसीमार्फत चलिरहेका) विदेशी च्यानल खुलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयले ०७९ चैत १५ मा टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन आला कार्टा प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर भारतीय च्यानलहरूको छाता संगठन इन्डियन ब्रोडकास्टिङ एन्ड डिजिटल फाउन्डेसनले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने विषय मान्य नहुने जानकारी गराएको थियो । अब भने भारतीय पक्ष आला कार्टा मान्न तयार भइसकेको सञ्चार मन्त्र...
मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै

मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै

अर्थ, ट्रेन्डिङ, मधेस प्रदेश, राजनीति, समाचार
जनकपुरधाम | मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि शुक्रबार निर्वाचन हुन लागेको छ। मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन सभामुख रामचन्द्र मण्डलद्वारा शुक्रबार साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यस समितिका सभापति जनमत पार्टीका सांसद सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ। जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरुबाट मनोनयन दर्ता गर्ने तालिका रहेको उपसचिव विपिनकुमार ठाकुरले जानकारी दिए। अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए। निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समित...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

ताजा अपडेट, समाचार
काठमाडौँ | मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ३० देश सहभागी

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ३० देश सहभागी

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । नेपालमै पहिलो पटक पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आयोजना हुने भएको छ । क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोना गर्न लागिएको बिहीबार काठमाडाैँमा कार्यक्रम आयाेजना गरेर जानकारी दिइएकाे हाे  । बेलुन नेपाल प्रालिले आयाेजना गर्न लागेको महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा हुनेछ । नेपाल बेलुन प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बेलुन कम्पनीहरूको सहभागिता रहने उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी...
अमेरिका जाँदै ओली

अमेरिका जाँदै ओली

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन्। उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार  प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ। साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज