दुर्गा प्रसाईं किन समातिए ?

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमिी नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो ।
प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने पक्राउ परेका छैनन् ।
भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको ब्यूरोका एसएसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ ।
एसएसपी अवस्थीका अनुुसार रास्वपाकी एक नेतृले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृ प्रहरीको साइबर ब्यूरोमा पुगेकी थिइन् ।
अहिले पक्राउ परेका प्रसाईंमाथि ब्यूरोले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने ब्यूरोको तयारी छ । एसएसपी अवस्थी भन्छन्, ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा उहाँविरुद्ध दफा ४७ आकर्षित हुने देखिन्छ । अनुसन्धान गर्दै जाँदा थप केही खुलेमा सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’
दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्नेविरुद्ध हुने कारबाहीबारे उल्लेख छ ।
कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ’ दफा ४७ मा उल्लेख छ । ४७ को उपदफा २ अनुसार यो कसुर पटक पटक गरेमा त्यस्तो कसुर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने छ ।
प्रसाई पक्राउ परेसँगै अब २५ दिनसम्म हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ । अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ ।
यो प्रक्रिया पूरा भएपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि उनी कारागार चलान हुन सक्छन् । दोषी ठहर भए प्रसाईंलाई पाँच वर्षसम्म कैद हुन सक्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज