चितवन। ओपनर ट्राभिस हेड १५४ को शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ।
हेडलाई मार्नस लाबुसेनले नि राम्रो साथ दिएका थिए। यसअघि इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। इङ्ल्यान्डका लागि बेन डकेटले ९१ बलमा ९५ रन बनाए भने विल ज्याकले ६२ रन बनाए।
मिडिल अर्डरमा ह्यारी ब्रुक, जेमी स्मिथ र लिभिङस्टनले ठूलो स्कोर बनाउन सकेनन्। तर बेथलले ३४ बलमा ३५ रन बनाउँदै इङ्ल्यान्डलाई ३१५ रनमा समेटेका थिए।
जवाफमा मैदान उत्रेको अस्ट्रेलियालाई ट्राभिस हेडले बलियो सुरुवात दिलाएका थिए। एडम स्मिथ र क्यामरुन ग्रिनले पनि ३२–३२ रन जोडे। अन्तिममा लाबुसेन ७७ ले अर्धशतकीय इनिङ्स खेल्दै टिमलाई ४४ ओभरमा जित दिलाए।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।