अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने
एजेन्सी । जावेद अख्तरको मानहानि मुद्दामा कङ्गना रनौतको समस्या बढ्दै गएको देखिन्छ। मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ।
उनी पक्राउ गर्न सकिने भएको भारतीय समाचार माध्यमले जनाएका छन्। यसअघि अदालतले कङ्गनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कङ्गना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ। कङ्गना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन्।
यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ। कङ्गनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसद्को काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन्। कङ्गना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत...



















