काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ ओटीटीमा रिलिज भएको चार दिन भयो । सिनेमा हलपछि फिल्मले ओटीटीमा पनि आफ्नो जादु देखाइरहेको छ । फिल्मले पश्चिमेली दर्शकहरूमाझ ठुलो छाप छाडिरहेको छ ।
ओटीटीमा रिलिज भएको चार दिनपछि नै ‘पुष्पा २’ ले पश्चिमी दर्शकहरूमा गहिरो प्रभाव पारेको छ । यो फिल्म सात देशहरूमा नम्बर एक स्थानमा पुगेको छ । ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ चार दिनमा विश्वव्यापी गैर–अंग्रेजी श्रेणीमा ५८ लाख भ्यूज पाउँदै दोस्रो स्थानमा कायम छ ।
अल्लु अर्जुनको फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले भारतमा मात्रै कुल १ हजार २३३ करोड ८० लाख भारु कमाएको छ । विश्वभर भने फिल्मको कूल कमाई १ हजार ७४१ करोड ७५ लाख भारु थियो । रिलिज हुने बित्तिकै फिल्मले बक्स अफिसमा कयौं फिल्मको रेकर्ड तोडेको थियो । अल्लु अर्जुन अभिनीत यस फिल्ममा रश्मिका मन्डनाले अल्लु अर्जुनको श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । फहाद फासिल खतरनाक भिलेनको भूमिकामा देखिएका थिए । फिल्ममा जगपति बाबु, राव रमेश, अनुसूया भारद्वाज, सुनील लगायतको अभिनय पनि रहेको थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।